८ वैशाख २०८१ शनिबार
राजनीति

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

फाइल तस्बिर

बाबियाचौर- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गरे। 

प्रधानमन्त्री र मन्त्रीहरूले भाषणमा सपना देखाउने तर व्यवहारमा केही गर्न नसकेको भन्दै नेता पौडेलले बहुमत प्राप्त सरकारलाई जनताले राहत महसुस गर्ने गरी काम गर्न आग्रह गरे। 

पार्टी सभापति शेरबहादुर देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाउँदै उनले कार्यकर्ताको योगदान, क्षमता र लोकप्रियताको सम्मान गर्न नसक्दा काँग्रेसले तीनै तहको चुनावमा नराम्रो हार ब्यहोर्नुपरेको बताए। 

चुनावी हारको विषयमा निर्मम समीक्षा हुन जरुरी रहेको बताउँदै नेता पौडेलले सभापति देउवाले नैतिक जिम्मेवारी लिनुपर्ने दाबी गरे। निर्वाचनमा काँग्रेस पराजित भए पनि सिद्धान्त र विचारले जितेको उनको दाबी थियो। जनताको सेवा र उनीहरूको स्वार्थलाई प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिए। 

प्रकाशित: ५ वैशाख २०७५ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App