coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेमलाई लाइफटाइम अचिभमेन्ट

काठमाडौं– लिम्बु भाषा र संस्कृतिमा बनेका फिल्म तथा संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै संगीतकार प्रेम पन्धाकलाई ‘एफएलएफ लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको प्रवर्द्धन गर्न आयोजना गरिएको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७४’ पन्धाकलाई लाइफटाइम दिइएको हो । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा प्रदेश न. १ का अर्थ मन्त्री इन्द्र आङबो मौसमले उनलाई अवार्ड दिएका थिए।

अवार्डमा निर्देशक किशोर सुब्बा, नायक आशिष लिङदेन, नायिका नेतीफुङ आङबुङ, गायक गोविन्द आङबुङ, गायिका मनु नेम्बाङ, संगीतकार यासेली योङहाङ, कथाकार सागर केरुङ, सम्पादक पर्शुराम चौधरी, छायांकार तिलक रिजालले विधागत रुपमा ‘लिम्बु फिल्म अवार्ड’ प्राप्त गरे।

अवार्डमा संस्कृतिमा फिल्म ‘ए सोमिमे’ र भाषामा फिल्म ‘लुधुङकाई’ पनि उत्कृष्ट भए ।
म्युजिक भिडियोतर्फ निर्देशक लोकेन साँवा, गीतकार हाङपाल आङबुहाङ, गायक मान तबेबुङ ‘नाजम’, गायिका सुनिता थेगिम, मोडल (पुरुष) सविन तुम्वाहम्फे, मोडल (महिला) निशा पोमु, सम्पादक वीरेन्द्र भाट ‘विपिन’, छायांकार रवीन्द्र बराल अब्बल ठहरिए । फिल्म र म्युजिक भिडियो दुवैबाट गायक सुसन साम्सोहाङ ‘उत्कृष्ट भाषा गायक’ र नायक घनेन्द्र नेम्बाङलाई ‘उत्कृष्ट संस्कृति नायक’को अवार्ड दिइएको थियो । अवार्डमा जुरी अवार्ड भने गायक सेमिहाङ सिङगक र नायिका रुपा आङबुहाङको पोल्टामा पर्‍यो।

कार्यक्रममा नायिका निशा पोमु, गायिका मनु नेम्बाङ, सुसन साम्सोहाङ, सोम लामा, रोशन सुवेदीले आफ्नो प्रस्तुत दिएका थिए । फाल्गुनन्द लिङदेन फिल्मसले आयोजना गरेको कार्यक्रममा अवार्डका निर्णायक उदय सुब्बा, शोभा खजुम, धनवीर साँवालाई सम्मान गरिएको थियो।
 

प्रकाशित: ६ वैशाख २०७५ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App