८ वैशाख २०८१ शनिबार
कला

राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

राष्ट्रिय ललितकला प्रदर्शनीमा मूर्तिकार कालु कुमालेलाई ‘अरनिको कला प्रज्ञा सम्मान’ प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी । तस्बिरः नागरिक

काठमाडौं – राजधानीमा बुधबारबाट ‘आठौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा देशभरका कलाकारका कला प्रदर्शनीका लागि राखिएका छन्।

प्रदर्शनीमा कला पारखीले मूर्तिकला, चित्रकलाका विभिन्न कला, काष्ठकला, इन्ष्टलेसन कला, कार्टुन कला, वास्तुकला लगायतका दर्जनौ विधागत कलाको अवलोकन गर्न पाउनेछन्।

प्रदर्शनीको शुभारम्भ गर्दै पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कलाकार र कलाकृति देशको गहना भएकाले यसको संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने आश्वासन दिए । प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले कला प्रदर्शनीमा यसपटक निकै प्रतिस्पर्धात्मक कलाकृति आएको जनाइन्।

कार्यक्रममा कला क्षेत्रमा विशेष योगदान दिएका विजय थापा र कालु कुमालेलाई ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’बाट सम्मानित गरिएको थियो । दुवैजनालाई मन्त्री अधिकारी र प्रतिष्ठानकी कुलपति उपाध्यायले जनही एक लाख नगद राशिसहित सम्मानपत्रले सम्मानित गरेका थिए।

प्रदर्शनी उद्घाटन कार्यक्रममा ७ कलाकारलाई ‘राष्ट्रिय ललितकला पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा आधुनिक चित्रकलातर्फ संगी श्रेष्ठ, परम्परागत चित्रकलातर्फ रितेश शाही, आधुनिक मूर्तिकलातर्फ लय मैनाली, परम्परागत मूर्तिकलातर्फ महेश शाक्य, हस्तकलातर्फ तीर्थमान स्थापित, लोककलातर्फ सुनैना ठाकुर र अन्य सृजनात्मक कलातर्फ भरत राई छन् । उनीहरुलाई कदरपत्रसहित ६० हजार रुपैयाँ प्रदान गरिएको थियो।

विशेष पुरस्कारतर्फ आधुनिक चित्रकलामा राजकुमार पन्त, सुन्दर लामा र बसुन राई, परम्परागत चित्रकलामा माहिला दोङ र रजनी सिंख्वाल, आधुनिक मूर्तिकलामा भुषण दुलाल र रमेश कठायत, परम्परागत मूर्तिकलामा विर्जु शाक्य र उषन शाक्य, हस्तकलामा भीमबहादुर रानामगर र राजेन्द्र देशार, लोककलामा सञ्चिता चौधरी र सरिता मण्डल, अन्य सृजनात्मक कलामा कृष्णगोपाल श्रेष्ठ, रमेश दुवाल, सुदन श्रेष्ठ र धु्रवराज शर्मा पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ हजार राशीको पुरस्कार प्राप्त गरे।

त्यस्तै, प्रदेश विशेष पुरस्कारतर्फ प्रदेश १ बाट रुपक राई, प्रदेश २ बाट सुधिरा कर्ण, प्रदेश ३ बाट सुरेन्द्र शिल्पकार, प्रदेश ४ बाट गोपाल दराई र विश्व केसी, प्रदेश ७ बाट कृष्णप्रकाश शाहलाई जनही २५ हजार राशी सहित पुरस्कृत गरिएको थियो।कार्यक्रममा ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ रामदयाल राकेश र ‘ललितकला पत्रकारिता पुरस्कार’ विनिता मरहठ्ठालाई प्रदान गरिएको थियो। दुवै पुरस्कारको राशी जनही २५ हजार रुपैंयाँ छ । कला प्रदर्शनी १५ दिनसम्म चल्नेछ।

 

प्रकाशित: ६ वैशाख २०७५ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App