१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम

पथरी- शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरको सहयोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले समुदायमा मेलमिलापसम्बन्धी तीनदिने पुनर्ताजगी तालीम बुधबारदेखि शुरु गरेको छ।

तालीमको एक कार्यक्रमका बीच नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले उद्घाटन गर्दै नगरलाई मेलमिलापमैत्री बनाउने अभियानमा नगरपालिका लागिरहेको उल्लेख गरिन्।

सो अवसरमा युएनएचसीआर दमक फिल्ड अफिसकी प्रोटेक्सन अफिसर क्याथरिन हेरिसले मेलमिलापको महत्व दर्शाइन् । कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष नगरप्रमुख दिलीपकुमार राईले मेलमिलापकर्ताको भूमिकाले नगरको समग्र न्याय र मेलमिलापको अवस्था दर्शाउने हुँदा मेलमिलापकर्तालाई बेलाबखत पुनर्ताजगी गराउन आवश्यक रहेको उल्लेख गरे।

तालीममा नगरका १० वटा वडामा रहेको मेलमिलाप केन्द्रका तीन-तीन जना र वडा नम्बर १० मा रहेको भूटानी शरणार्थी शिविरबाट सातजना गरी ३७ जनाको सहभागिता रहेको छ।कानून व्यवसायी नारायणप्रसाद भट्टराई र अमृतबहादुर बुढाथोकीले तालीमको सहजीकरण गरेका छन्।रासस

 

प्रकाशित: ६ वैशाख २०७५ ०५:१८ बिहीबार

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम