८ वैशाख २०८१ शनिबार
समाज

सुतली बम र पेस्तोलसहित एक पक्राऊ

तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – बिस्फोटक पदार्थ, पेस्तोल र गोलीसहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राऊ गरी सार्वजनिक गरेको छ। हेटौंडा उपमहानगरपालिका ३ जम्बो चौतारा बस्ने ३७ वर्षिय अनिल भन्ने जोकर मोक्तानलाई बम, पेस्तोल, गोलीसहित प्रहरीले पक्राऊ गरेको हो।

मोक्तानको झोलाबाट कटुवा पेस्तोल ३ थान, सुतली बम १ थान, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राईफलको गोली, पटाका १० थान, नेपाल प्रहरीको पुरानो पोशाक(चुस्ता) १ थान, चर्ट लाईट ३ थान लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकाशराज खनालले बताए। उनका अनुसार जोकर मोक्तान र अन्य व्यक्तिहरूको पहिचान भई खोज तलास कार्य भइरहेको छ।पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका ३ स्थित लेबटमा बिहीबार बिहान प्रहरीले सवारी साधन जाँच गरिरहेको अवस्थामा उनी शंकास्पद अवस्थामा भागेपछि पिछा गर्दै जाँदा पक्राऊ गरेको हो। प्रहरी चौकी लेबटका प्रहरी सहायक निरीक्षक बिगबहादुर तामाङ्गको नेतृत्वमा ४ जना प्रहरी टोलीले सवारी साधन जाँच गरिरहेको अवस्थामा यात्रुवाहक म्याजिक सवारी साधनबाट ३–४ जना करिव ४० मिटर पर झरी भागेको प्रहरीको भनाई छ।

पक्राऊ परेका जोकर मोक्तानलाई मुलुकी ऐनको हातहतियार तथा खरखजाना ऐन २०१९ तथा बिष्फोटक पदार्थ ऐन २०१८ अनुसार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७५ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App