७ वैशाख २०८१ शुक्रबार
शिक्षा

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

दिपायलस्थित सुजङ्ग ईङ्लिस बोर्डिङ्ग स्कुल । तस्बिर : नागरिक

डोटी– सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पुगेर कान्छी छोरी पुष्पा भट्टलाई कक्षा ८ मा भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट भने डोटीको केआईसिँह गाउँपालिका–६ मा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्छिन्। 

छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्दा मुख्यमन्त्री भट्टले ‘सरकारी बिद्यालयमा पढ्नेले निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर हीन भावना हटाउन पनि समाजका अगुवाले सामुदायिक विद्यालयलाई माया गर्नुपर्ने’ बताएका थिए। सामुदायिक बिद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेर पठनपाठन गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिएका थिए। उनले आफ्नी छोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गरेपछि उनको प्रशंसा भैरहेको छ। 

मुख्यमन्त्री भट्टका एक छोरा पनि छन्। उनको नाम बिकास भट्ट हो। उनी भने डोटीको एक प्रतिष्ठित संस्थागत बिद्यालयमा पढ्छन्। बिकास दिपायलस्थित सुजङ्ग माध्यामिक बिद्यालयको कक्षा ११ का विद्यार्थी हुन्। उनी बाणिज्य संकायमा अध्ययनरत रहेको विद्यालय स्रोतले बताएको छ। सुजङ लामो सयमदेखि डोटीको सर्बोत्कृष्ट संस्थागत बोर्डिङ बिद्यालय रहँदै आएको छ। 

सुजंगमा भर्ना हुनुअघि भने बिकासले गाउँमै रहेको देवस्थल माध्यामिक विद्यालयबाट एसइई उत्तिर्ण गरेको स्रोतले बतायो। 

प्रकाशित: ६ वैशाख २०७५ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App