coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आफ्नै नातिनी बलात्कार गर्नेलाई ९ वर्ष कैंद

खोटाङ– जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो। 

गत असार २ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा असार ९ गते पक्राउ परेका हजुरबालाई जिल्ला अदालतका न्यायधिश किशोर घिमिरेको एकल इजालसले बुधबार कैंद तथा जरिवानाको सुजाय सुनाएको हो। 

पीडित बालिकाको असार ९ गते नै जिल्ला अदालतमा स्वास्थ्य परीक्षण गरिएको थियो। हाडनाता सम्बन्धी करणी मुद्दा भएकाले अदालतले पीडक र पीडितको नाम गोप्य राखेको छ। 

प्रकाशित: ६ वैशाख २०७५ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App