८ वैशाख २०८१ शनिबार
समाज

दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

काठमाडौं– गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। 

ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले गत माघमा सदर गरेपछि उनी फरार भएका थिए। 

मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्रबाट मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित मनाङ्गेले सर्वोच्चबाट कैद सजाय सदर भएपछि पक्राउ पर्ने डरले सांसद पदको सपथ पनि लिएका थिएनन्। उनीविरूद्ध इन्टरपाेलमार्फत रेड कर्नर नाेटिस समेत जारी गरिएकाे  थियाे।

राजधानीमा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले मनाङ्गेलाई ज्यान मार्ने उद्योगअन्तर्गत २०६९ सालमा ५ वर्षको जेल सजाय सुनाएको थियो। 

काठमाडाैं प्रहरी प्रवक्ता  डिएसपी  माेहन कुमार थापाका अनुसार स्वयम्भुकाे तिनधारामा लुकिछिपी बसेकाे अवस्थामा मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडाैंबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे।  

प्रकाशित: ६ वैशाख २०७५ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App