७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रहरीको उपस्थितिमा मात्र पेट्रोलियम पदार्थ बिक्री

रौतहट– दक्षिण रौतहटका पेट्रोल पम्पहरुमा प्रहरीको उपस्थितिमा मात्र विहीवार पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको छ। रौतहटको दक्षिणी भेगका पेट्रोल पम्पहरुबाट भारततर्फ व्यापक मात्रामा तस्करी हुन थालेपछि रौतहटका प्रमुख जिल्ला अधिकारीको मौखिक आदेशमा पाँच दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको बिक्री विहीबारदेखि प्रहरीको निगरानीमा खुल्ला गरिएको छ।

खुला सिमाना भएपछि पम्पहरुबाट ग्यालेनमा डिजेल, पेट्रोल सहज रुपमा सिमापारी निकासी भईरहेको गोप्य सुचनाको आधारमा प्रमुख जिल्ला अधिकारीको मौखिक आदेशबाट आयल निगमले पेट्रोलियम पदार्थ दिन बन्द गर्दा आम उपभोक्ताहरु संगै खेती किसानी गर्ने पिक आवरमा किसानहरु मारमा परेका थिए। पूर्व पश्चिम राजमार्गदेखि सबैभन्दा बढि दुरीमा रहेका रौतहट सदरमुकाम गौर आसपासका क्षेत्रमा गत ५ दिन देखिदेखि पेट्रोलियम पदार्थको अभाव हुँदा सर्वसाधारण उपभोक्ताहरु कालो बजारी गरेको बाट डिजेल, पेट्रोल किन्नु परेको थियो।

राजमार्गदेखि ४२ किलोमिटर दक्षिणमा रहेको सदरमुकाम गौरमा रहेका ४ वटा पम्प, राजपुर नपा पर्ने २, यमुनामाई गाउँपालिकामा पर्ने २, दुर्गा भगवर्ती गाउँपालिकामा २, गरुडा नपामा ५, गढीमाईमा १, समनपुरमा १ लगायत करिव डेढ दर्जन पेट्रोल पम्पहरुमा इनधन नहुँदा सर्वसाधारण उपभोक्तादेखि लिएर खेतीकिसानी गर्न नपाएका किसानहरु मर्कामा परेका थिए।

गहुँ, मसुरो लगायतका अन्न बाली भित्र्याउने तथा उखुमा पम्पसेट वा बोरिङले पानी पटाउे र खेत जोताइ गर्ने मुख्य समयमा डिजल तथा पेट्रोलको अभाव हुँदा किसानलाई निकै मर्का परेको थियो। अर्कोतिर केही नाफा खोरहरुले भारततिर तस्कारी गर्दा पनि समस्या भइरहेको अवस्थामा बिहीवार देखि प्रहरीको निगरानीमा गाडीमा डिजल र पेट्रोल वितरण गरिएको   छ। ग्यालन तथा टिनको ठूलो बटाहरुमा विहीवार डिजल र पेट्रोल पेट्रोल वितरण नगर्दा सबारी साधानलाई सजिलो भए पनि किसानलाई भने मर्का परेको छ।

केही पेट्रोल पम्प धनीले पनि सबारी साधनलाई डिजल र पेट्रोल उपलब्ध गराउनु भन्दा केही बढी नाफाका कारण तस्करलाई उपलब्ध गराउँदा समस्या आएको थियो। विहीवार प्रहरीको निगरानीमा  भए पनि पेट्रोल र डिजलको विक्री वितरण सुरु हुँदा निकै सजिलो भएको उपभोक्ताले बताएका छन्। 

खेतीको समय भएकोले किसानहरुलाई पनि सिँचाइ गर्न र गहुँ तथा मसुरोको दाइँ गर्नको लागि डिजलको सरल उपलब्धता गराउन भने किसानहरुले आग्रह गरेका छन्। संग्रामपुरका किसान मोहन महतोले डिजल उपलब्ध नहुँदा खेतमै गहुँ खेर जाने डर बढ्न थालेको बताएका छन्। 

प्रकाशित: ६ वैशाख २०७५ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App