coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विद्यालय शिक्षामा खर्च ४ खर्ब उपलब्धी न्यून

काठमाडौं – सरकारले शिक्षाको गुणस्तर विकासकोलागि वर्षेनी अर्वौ रकम खर्च गरे पनि नतिजा भने सन्तोसजनक नरहेको सरकारी अनुसनधनलेनै देखाएको छ। शिक्षा, विज्ञान त था प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परिक्षण केन्द्र(इआरओ)ले बिहिबार सार्वजनिक गरेको विद्यार्थी उपलब्धीको राष्ट्रिय परिक्षण सन् २०१७ (कक्षा८)को नतिजा सार्वजनिक गरि विगत पाँच वर्ष भित्र कक्षा ८को नतिजा नेपाली बाहेक मुख्य विषयमा झनै खस्केको देखाएको हो।

केन्द्रकाा प्रमुख डा.लेखनाथ पौड्लेलले सार्वजनिक गरेको डेढ वर्षे आवधिको अनुसन्धानात्मक प्रतिवेदनमा कक्षा ८ का विद्यार्थीहरु मुख्य विषय गणित र विज्ञानमै झनै कमजोर बन्दै गएको प्रष्ट्याएको हो।

शिक्षा विभागका अधिकृत अर्जुन ढकालका अनुसार सरकारले विसं २०७० यता शिक्षा मन्त्रालयकोलागि कुल बजेट ५ खर्व ७ अर्व १ करोड २७ लाख रकम उपलब्ध गराएकोमध्ये शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको गुणस्तर बृद्धि गर्न विगत पाँच वर्षभित्र ४ खर्व ६६ अर्ब ४५ करोड १६ लाख ८४ हजार रकम खर्चेको छ।

केन्द्रको कक्षा ६को विद्यार्थी सिकाई उपलब्धीको अनुसन्धानको रिपोर्ट अनुसार सन् १०१३(२०७०)को तुलनामा सन्२०१७ अर्थात (२०७३)को तुलनामा गणित विषयको सिकाई उपलब्धी औषत १६ अंकले घटेको छ भने विज्ञान विषयको सिकाई उपलब्धी ३ अंकले घटेको छ। प्रतिवेदन अनुसार सन् २०१३मा कक्षा ८को विद्यार्थीको गणित विषयमा सिकाई उपलब्धी औषत ५०८ थियो भने सन् २०१७मा खस्केर ४९२अंकमा कायम भएको छ। यसैगरि विज्ञान विषयको सिकाई उपलब्धी सन् २०१३मा ५०२ अंक थियो भने सन् २०१७को रिपोर्टले ३ अंक घटेको अर्थात ४९९ अंकमा कायम गरेको छ। वर्षेनी सरकारी लगानी विद्यालय शिक्षामा बढ्दै गएको पनि विद्यार्थीको सिकाई उपलब्धी सन्तोसजनक नहुनु खोजिको विषय बनेको मन्त्रालयको सचिव खगराज बरालले जनाए। ‘२०१३ र सन् २०१७कै कक्षा ८को विद्यार्थीको सिकाइ उपलब्धी लगानी अनुसार सुधार नभएको सरकारी रिपोटैलेनै देखाएको छ। हामी गर्व गर्ने ठाउ छैन ,’सचिव बरालले भने‘विद्यालय शिक्षामा बालबालिकाको सिकाई उपलब्धी सुधार गर्न थप अनुसन्धान गर्नु पर्ने स्पष्ट भएको छ।’ उनले थपे‘सरकारी विद्यालयमा अभिभावकको सचेतनाको कमी र पठनपाठनको ब्यवस्थापनको कमजोरिले सुधार लगानी अनुसार सुधार नभएको छर्लङ भइको छ।’ यसकारण अब सरकराले सरकारी विद्यालयको पठनपाठनको चुस्त ब्यवस्थापन तर्फ लाग्नु पर्ने सचिव बरालको सुझाव छ।

प्रतिवेदन अनुसार नेपालमा केहि सुधार भने देखिन्छ। इआरओका प्रमुख लेखनाथ पौडेलले नेपाली विषयमा विद्यार्थीहरु पढ्न तर्फ राम्रो भएको अनुसन्धानले देखाएको जनाए। नेपालीमा सन् २०१३ र २०१७ को तुलनामा ९ अंकले बृद्धि भएको छ । विद्यालय शिक्षामा दातृ निकायहरुकै हालिमुहालि भएको र उनीहरुकै निति अनुसार कार्यक्रम तय गर्ने र संचालन गर्ने परिपारिटकै कारण सार्वजनिक शिक्षा सुधार हुन नसकेको मन्त्रालय स्रोतले बतायो । विद्यार्थी उपलब्धीको रष्ट्रिय परिक्षणनै दातृ निकायकै परियोजना हो।

शैक्षिक गुणस्तर परिक्षण केन्द्रले विद्यालय क्षेत्र विकास योजनाले निर्देशन गरे अनुसार सन् २०१६–२०२२सम्म कक्षा ५,८ र १०का विद्यार्थीको उपलब्धि को राष्ट्रिय परिक्षण दुई दुई पटक गर्ने कार्यक्रम अनुसार यस वर्ष कक्षा ८को परीक्षण गरेको प्रमुख एवं सहसचिव पौडेलले बताए । अनुसनधनमा संलग्न उनले परिक्षणमा सन् २०१७(२०७३) मा देशभरिबाट नमुना छनोटमा परेका २६ जिल्लाका १ हजार ९ सय ५० विद्यालयका ४६ हजार २ सय ६६ विद्यार्थीमा कक्षा ८को नेपाली, गणित र विज्ञान विषयकालागि परिक्षण संचालन गरेको थियो । नेपाली विषयको परिक्षण ६४९ विद्यालयका १५३६९ विद्यार्थीहरु , गणित विषयमा ६४९ विद्यालयका १५४८२ विद्यार्थीहरु र विज्ञान विषयका ६५२ विद्यालयका १५४१५ विद्यार्थीहरुको उपलब्धि परिक्षण गरिएको थियो।

केन्द्रका प्रमुख पौडेलले सार्वजनिक विद्यालयमा शिक्षकहरु ढिलो आउने र कक्षामा समय नदिने ,पुर्व सूचना विनानै कक्षामा शिक्षकहरु अनुपश्थित हुने , स्कुलमा कक्षामा पुरा समय नविताउने र नानीहरुसँग बालमैत्रि ब्यवहार नगरेका कारण विद्यार्थीको सिकाई स्तर बृद्धि हुन नसकेको उनले औल्याए।

‘विगत पाँच वर्षको प्रबृति हेर्ने हो भने कक्षा ८को विद्यार्थीको सिकाई उपलब्धीबारे अनुसन्धान गर्ने र रीपोर्ट सार्वजनिक गर्ने काम मात्र भइरहेको छ,’ प्रमुख पौडेलले भने‘तर कमजोर विषयमा सुधारका उपायहरु अवलम्बन गर्न नसकेको कारण सुधार हुन नसकेको पाइयो।’ उनले सुझाए‘रिपोर्टको आधारमा सिकाइ उपलब्धी सुधार गर्न अब समयमै सरकारले ध्यान दिनु पर्छ।’

प्रतिवेदन अनुसार सार्वजनिक शिक्षामा सुधार हुन नसकेको मुख्य शिक्षक पेसा प्रति इमान्दार हुन नसकेको औल्याएको छ। सार्वजनिक विद्यालयमा ४६ प्रतशत शिक्षकहरु पुर्व सूचनाविनै अनुपश्थित हुने प्रतिवेदनले देखाएको छ। भने ५७.१ प्रतिशत शिक्षकहरु ढिलो आएर कक्षामा पुरा समयै नदिएर हिड्छन्। यसैगरि ३९.५ प्रतशत शिक्षकहरु कक्षामा पुरा समय दिँदैनन भने १८.१ प्रतिशत शिक्षकहरु कक्षामा नानीहरुलाई गालि गलौज र १६.४ प्रतिशत शिक्षकहरु विद्यार्थीलाई भौतिक सजाय तथा मानसिक तनाव दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

विगत चार वर्षे अवधिमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई दिन १ अर्ब ६७ करोड खर्च गरेको छ। तर चार वर्षकै अवधिमा सिकाई उपलब्धी ५० प्रतिशत मुनि हुनु शिक्षा क्षेत्रकै दुर्भाग्य भएको विभागका अधिकृत अर्जुन ढकाल बताउँछन् । ‘प्राथमिक तहका ९८ प्रतिशत शिक्षकहरुलाई सरकाराले अर्वो रकम खर्च गरेर तालिम प्राप्त बनायो ,’ढकाल भन्छन्‘तर त्यही तहका नानीहरु विज्ञान , गणित जस्ता मुख्य विषयमै झनै कमजोर हुनुले शिक्षण सिकाईनै गलत भइरहेको बुझिन्छ।’ उनले सुझाए‘अब सरकारले शिक्षक तालिमतिर पनि नयाँ तरिकाले सोच्नु पर्ने र शिक्षण विधिमा समेत परिवर्तन ल्याउनु पर्ने बुझिन्छ।’

कक्षा ८मा अध्ययन गर्ने विद्यार्थीहरुको ठिक उमेर १३–१४ वर्षको बुझिएको छ किनभने यो उमेर सुमहका विद्यार्थीहरुको सिकाई उपलब्धी राम्रो भएकोले अब सरकारले खुद भर्ना दरमा ध्यान दिनु पर्ने उनको सुझाव छ। प्रतिवेदनका अपनुसार शिक्षक पेसाका बाबुआमा र १ घन्टासम्म घरमा काम गर्ने नानीहरुको सिकाई उपलब्धी राम्रो छ। भने १–२ घन्टा टिभि हेर्ने नानीहरुको सिकाई उपलब्धी धेरै राम्रो पाइएको छ।

यसैगरि पव्रतिवेदन अनुसार विभिन्न प्रदेशविच सिकाई उपलब्धीमा उल्लेख्य भिन्नता देखिएको छ। प्रदेश ३का विद्यार्थिको उपलब्धी सबै विषयमा उच्च रहेको छ भने नेपालीमा प्रदेश २, गणितमा प्रदेश ६ र विज्ञानमा प्रदेश १का विद्यार्थीको उपलब्धी सबैभन्दा कमजोर देखिएको छ। यसैगरि विद्यार्थीको समाजिक आर्थिक अवस्था र सिकाई उपलब्धिबिचमा सकरात्मक सहसम्बन्ध रहेको पाइएको छ। केहि अपवादबाहेक अधिकाँश समुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको विद्यार्थीहरुको आर्थिक अवस्था उच्च रहेको पाइएको छ।

केन्द्रले यो वर्ष विद्यार्थीको सिकाई उपलब्धीको नतिजा प्रतिशतमा प्रकासित नगरि नतिजालाई आधारको रुपमासमेत लिएर भविष्यमा गरिने परिक्षणहरुलाई यस नतिजासँग तुलना गर्न सकिने गरि औषत अंक ५००लर स्तरीय विचलन ५० निश्चित गरि त्यसैका आधारमा नतिजा प्रस्तुत गरेको छ।

प्रकाशित: ७ वैशाख २०७५ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App