१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपा र फोरम महाधिबेशन तयारीमा

काठमाडौ – तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल महाधिबेशको तयारीमा जुटेका छन्।

राजपाले आगामि कात्तीक महिना सम्म पहिलो  महाधिबेशन गर्ने जनाएको छ भने फोरमले आगामि माघ,फागुनतीर महाधिबेशन गर्ने तयारी गरेको फोरमका नेताहरूले जनाएका छन्। गत साल बैशाख ७ गते राजपा गठन गर्दा एक वर्ष भित्र महाधिबेशन गर्ने प्रतिबद्धता राजपाका नेताहरूले गरेका थिए । शुक्रवार देखि राजपा गठन भएको एक वर्ष हुदै छ। एक वर्ष भित्र महाधिबेशन गर्न नसके पछि महाधिबेशनको लागि अरू ६ महिना म्याद थप गर्ने तयारी  गरिएको  राजपाका महासचिव केशव झाले बताए। आगामि कात्तिक महिना सम्म महाधिबेशन गर्ने तयारी राजपाका नेताहरूले गरेका छन। स्थापना दिवसको भोलीपल्ट राजपाको अध्यक्ष मण्डलको बैठक बस्ने तर सो बैठकमा आगामि महाधिबेशनको तिथीबारे छलफल हुने पार्टीका नेताहरूले जनाएका थिए। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकर उपचार्थ हाल  दिल्लीको मेदान्त अस्पतालमा भर्ना भएकोले बैशाख ८ गते बस्ने भनिएको अध्यक्ष मण्डलको बैठक केही दिन पर सर्ने राजपाका नेताहरूले जनाएका छन्।

यसैगरी अर्को मधेस केन्द्रित दल संघीय समाजबादी फोरम नेपाल पनि तत्कालीन संघीय समाजबादी पार्टीसंगको एकिकरण पछि आगामि माघ फागुनतीर  महाधिबेशन गर्ने तयारीमा जुटेको फोरमका नेताहरूले जनाएका छन्। सरकारमा जान नपाए पछि संघीय समाजबादी फोरम नेपाल अहिले संगठन विस्तारतीर लागेको छ।

फोरमले आगामि बैशाख ७ र ८ गते पदाधिकारी बैठक, बैशाख १५ र १६गते राजनीतिक समितिको बैठक र १८ र १९ गते केन्द्रिय समितिको बैठक बोलाइएको छ। शुक्रवार देखि शुरू हुने पदाधिकरीको  बैठकमा सहभागी हुन फोरमका पदाधिकारी विहीवार सम्म काठमाडौ आइपुग्ने फोरमका नेताहरूले जनाएका छन्।

पदाधिकारी,राजनीतिक समिति तथा केन्द्रिय समितिको बैठक पार्टीको सगंठन विस्तार गर्नमा केन्द्रित हुने राजनीतिक समितिकी सदस्य रेखा यादवले बताइन। संविधान संशोधनमा सरकारसंग लिखित सहमती नभएको कारणले फोरम सरकारमा नगएको पनि उनले बताए। उनले भनीन, ‘अब हाम्रो ध्यान सरकारमा छैन। संगठन विस्तारमा केन्द्रित गरेका छौ।’ सरकारमा जाने योजना तत्काल स्थगित भएको पनि उनले जनाइन। पार्टीको आगामि पदाधिकारी देखि केन्द्रिय समितिको बैठकमा पार्टी सरकारमा नगएको तथा सरकारसंग संविधान संशोधनमा लिखित सहमती नभएको विषयमा गम्भिर छलफल हुने नेताहरूले जनाएका छन्।

फोरमका आगामि बैठकमा आगामि महाधिबेशनबारेमा  कुरा उठ्ने नेताहरूले जनाएका छन्। आगामि माघ महिनामा महाधिबेशन गर्ने  तयारीमा पार्टी जुटेको पनि यादवले बताइन्।  गत ६ वर्ष देखि फोरमको महाधिबेशन हुन सकेको  छैन। दुइ वर्ष अघि फोरम र संघीय समाजबादी फोरमवीच एकिकरण भइ संघीय समाजबादी फोरम नेपाल गठन भएको थियो। फोरमका विधान अनुसार अबको दुइ वर्ष भित्र फोरमको महाधिबेशन गरीसक्नु पर्ने छ। दुइ वर्ष अघि दुइ पार्टीवीच एकिकरण भएकोले महाधिबेशन गर्ने समय अरु दुइ वर्ष लागि  थप भएको हो। पार्टीको विधान अनुसार चार, चार वर्षमा महाधिबेशन गरीसक्नु पर्छ। संघीय समाजबादीसंग फोरम एकिकरण नभएको भए फोरमको महाधिबेशन गर्ने समय वितिसकेको थियो।

आज राजपाको स्थापना दिवस
राजपाले शुक्रवार आफनो पहिलो स्थापना दिवस मनाउदै छ। स्थापना दिवसमा सहभागी हुन राजपाले राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री, तथा विभिन्न पार्टीका शिर्ष नेताहरूलाई आमन्त्रित गरेको छ। यसैगरी स्थापना दिवसम सहभागी हुन राजपाले विभिन्न कुटनैतिक क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरेको छ। राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर हाल उपचारर्थ दिल्लाीमा भएकोले उनी  स्थापना दिवमास सहभागी हुने छैनन्। राजपका अध्यक्ष मण्डलका अन्य सदस्यहरू भने स्थापना दिवसमा सहभागी हुने छन्।

गत साल बैशाख ७ गते तत्काली ६ वटा तराइ मधेसलोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजबादी पार्टी,तराइ मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकवीच एकिकरण भइ राष्ट्रिय जनता पार्टी नेपालको घोषणा गरिएको थियो। तत्कालीन ६ वटै पार्टीका अध्यक्षहरू राजपाको अध्यक्ष मण्डलमा रहेका छन्।

प्रकाशित: ७ वैशाख २०७५ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App