coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘बिग बोस’मा सलमानसँगै कट्ररिना

मुम्बई– बलिउड अभिनेता सलमान खानलाई टेलिभिजन रियालिटी सो ‘बिग बोस’ एक्लै सञ्चालन गर्न हम्मेहम्मे पथ्र्यो । सोका प्रतियोगीलाई उनी एक्लैले नियन्त्रण गर्थे । तर अब सलमान यसपटक सोमा एक्लै हुने छैनन्।

यसपटकको १२ औं संस्करणको सोमा सलमानलाई कार्यक्रम सञ्चालनमा उनका फिल्मी सहयात्री कट्रिना कैफले साथ दिँदैछिन् । पछिल्लो पटक अभिनित फिल्म ‘टाइगर जिन्दा है’बाट दर्शकमाझ प्रेमजोडीका रुपमा देखिएका सलमान र कट्रिनालाई दर्शकले सँगै टेलिभिजनमा हेर्न पाउनेछन् ।सलमान र कट्रिना यो सोका लागि चाँडै नै तयारीमा जुट्दैछन् । कलर्स च्यानलबाट प्रसारण हुने यो सोको घोषणा ‘राइजिङ स्टार २’को फाइनल भागमा गरिएको थियो ।

यो सो लगत्तै च्यानलले ट्वीटरमा ‘बिग बोस’को नयाँ संस्करणको थिमबारे जानकारी दिँदै ट्विटेको थियो । ‘बिग बोस १२’ चाँडै नै टेलिभिजनमा आउँदैछ । हामी सोको जोडीको खोजीमा छौं । बिग बोसको घरमा दुई गुणा रमाइलो गर्न आफ्नो पार्टनरलाई पनि ल्याउनुहोला,’ च्यानलले ट्वीटरमा ट्विटेको छ।

सोका लागि निर्माताले अडिसन पनि गर्दैछन् । ‘बिग बोस ९’मा निर्माताले ‘डबल ट्रबल’ नामक थिम राखेका थिए । जसकारण बिग बोसको घरमा निकै उथलपुथल भएको थियो । यही सोबाट प्रभावित भएर निर्माताले यसपटक ‘पार्टनर’ थिम ल्याएका छन्।

यसपटकको सोको थिम नै ‘पार्टनर’ राखिएकाले सलमानले पनि कट्रिनालाई पार्टनरका रुपमा सोमा ल्याएको बताइएको छ । यो सोमा सलमानको सञ्चालन शैलीलाई दर्शकले अत्याधिक रुचाएका छन् । सलमान भन्दाअघि अमिताभ बच्चन, सञ्जय दत्त, शिल्पा शेट्टी र अरशद वारसीले पनि यो सो सञ्चालन गरेका थिए । तर सलमानले सञ्चालन गर्दा पाएको ख्याती अन्य कलाकारले पाउन सकेनन् । यस्तो समयमा सलमानले कट्रिनालाई ‘पार्टनर’ बनाएर सञ्चालन गरेको ‘बिग बोस’को लोकप्रियता कति धेरै बढ्छ त्यो हेर्न बाँकी नै छ।

सलमानले हालै मात्र फिल्म ‘रेस ३’को सुटिङ सकेर नयाँ फिल्म ‘भारत’को सुटिङ सुरु गरिसकेका छन् । कट्रिना चाहिँ आमिर खान र अमिताभ बच्चनसँग फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को तयारीमा छिन् । यो बाहेक कट्रिना अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’मा पनि देखिँदैछिन्।
 

प्रकाशित: ७ वैशाख २०७५ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App