७ वैशाख २०८१ शुक्रबार
कला

‘प्रेमवाणी’मा मिथुन–आरोही जोडी

फिल्म ‘प्रेमवाणी’का नायक मिथुन हमाल र नायिका आरोही सिंह । तस्बिरः नागरिक

काठमाडौं – पछिल्लो समयमा प्रेमकथाका फिल्म बन्ने र रिलिज हुने क्रम बढ्दो छ । यही मेसोमा प्रेमकथाकै कुरा बोल्ने नयाँ फिल्म ‘प्रेमवाणी’को घोषणा गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गरियो।

फिल्मका निर्देशक रिभान मल्लले फिल्मले प्रेमको सन्देश प्रवाह गर्ने बताए । ‘फिल्मको नाम नै प्रेमवाणी छ । त्यसकारण यो फिल्मले प्रेमकै कुरा बोल्नेछ र प्रेमकै सन्देश दर्शकलाई प्रवाह गर्नेछ,’उनले भने,‘फिल्ममा माया र प्रेमसँगै सांगीतिक प्रेमकथा पनि हुनेछ।’निर्माता सुशिल शाहीले फिल्मको कथा प्रेमिल जोडीको वरपर घुम्ने भएकाले पनि आफूलाई फिल्मको कथा मनपरेको बताए । ‘फिल्मले अहिलेको पुस्ताको समयसामयिक प्रेमलाई समेट्नेछ ।’ उनले भने।

फिल्ममा नवनायक मिथुन हमाल र आरोही सिंहको जोडीले रोमान्स गर्नेछन् । फिल्ममा सुशिल शाही, सन्तोष आचार्य, रोशन बिसीलगायतको अभिनय हुनेछ।वैशाख २० गतेबाट छायांकनका लागि फ्लोरमा जाने फिल्ममा आयुष बिसीको कथा, बाबुल गिरी र आशिक श्रेष्ठको संगीत, विनोद सापकोटाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व,कविराज गहतराजको कोरीयोग्राफी हुनेछ ।

 

प्रकाशित: ७ वैशाख २०७५ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App