coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अस्मिता ‘राइजिङ स्टार’

काठमाडौं– राजधानीको गोल्फुटारस्थित लोयल्टी एकेडेमीमा अध्ययनरत अस्मिता खड्का यो वर्षको ‘राइजिङ स्टार’ विजेता बनेकी छन्।

चौथो संस्करणको यो प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत उनले ७९ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ अवार्ड र विभिन्न पुरस्कार पाइन् । अस्मितालाई गत वर्षका विजेता असल अधिकारीले ताज लगाइदिएका थिए।

क्रिएटिभ वल्र्डले आयोजना गरेको प्रतियोगितामा सिनियरतर्फ जेम्स स्कुलकी शुभना कायस्थ ‘फष्ट रनरअप’ र बेबीलोन नेसनल स्कुलकी साम्राज्ञी सुब्बा ‘सेकेण्ड रनरअप’ तथा जुनियरतर्फ आइडियल स्कुल कुमारीगलकी फुर्वा शेर्पा ‘फष्ट रनरअप’ र सोही स्कुलकी दीया क्षेत्री ‘सेकेण्ड रनर अप’ बने।

प्रतियोगितामा विधागततर्फ जुनियरमा अनुज कटवाल र सिनियरमा विक्रम कार्की ‘मस्ट ट्यालेन्ट’, अंकिता राज्यलक्ष्मी सिंह र दीक्षा पाण्डे ‘बेष्ट परफरमेन्स’, आराध्य केसी र रविशा महर्जन ‘मस्ट फोटोजेनिक’, डेजी शाह र पुरुषोत्तम अधिकारी ‘बेष्ट डिसीप्लिन’, रिन्छेन शेर्पा र श्रीकृति धन्जु श्रेष्ठ ‘क्युटेष्ट चाईल्ड’, आरोही अधिकारी र विपाशा माझी ‘मष्ट ईन्टेलीजेन्ट’, क्रिस्टिना उप्रेती र योगेश श्रेष्ठ ‘मस्ट कन्फीडेन्ट’, मिली श्रेष्ठ र सुशिल बल ‘बेस्ट स्माइल’ तथा रशु राई र कृष्ण थापा ‘बेस्ट फ्रेण्डसिप’ घोषित भए।

त्यस्तै, प्रण घिमिरे र साया राई ‘मोष्ट सिन्सियर’, विशाखा क्षेत्री र सोनिया रावल ‘स्मार्ट चाईल्ड’, अभिन्न श्रेष्ठ र निकेश खड्गी ‘मस्ट हेण्डसम’, मानसी सिंह र रिहा खतिवडा ‘मष्ट ब्युटीफूल’, श्रीति श्रेष्ठ र साकुरा बस्याल ‘मस्ट पपुलर’, एन्जिला ढकाल र श्रेया नेपाल ‘मस्ट अबिडियन्ट’, मुस्कान पुन र एन्जी तामाङ ‘मस्ट हेल्पफूल’, रोशनी राई र सिमान्त शेखर सिंह ‘वेस्ट लिडरसिप’ बने।

प्रतियोगिताको निर्णायकमा पत्रकार अशोकप्यासी राई, सुमितप्रताप जबरा, ‘म्यान हन्ट २०११’ विजेता निर्जन थापा, गायिका तथा संगीतकार शशी रावल, सिए शिव केसी, बिन्ध्यवासीनी म्युजिकका अध्यक्ष लीना रेग्मी र राइजिङ स्टार दोश्रो विजेता अनुस्का मानन्धर थिए ।
 

प्रकाशित: ७ वैशाख २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App