स्वाजील्यान्ड - अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम बदलेर ‘द किंगडम अफ इस्वातिनी’ राखिने घोषणा गरिएकाे छ ।स्वाजील्याण्डका राजा मस्वाती तृतीयले मुलुक स्वतन्त्रताको ५० वर्ष पुरा भएको अवसरमा देशको नाम परिवर्तनको घोषणा गरेका हुन्।
अालाेचकहरुले भने राजाको ध्यान देशको नाम फेर्नेतिर भन्दा मुलुककाे विकास र सम्मृद्धिमा जानुपर्ने धारणाा राखेका छन्।स्वाजील्याण्ड सन् १९६८ मा बेलायतकाे उपनिवेशबाट स्वतन्त्र भएको थियो।
प्रकाशित: ७ वैशाख २०७५ ०३:३७ शुक्रबार