१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिउँसो १२ बजेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं - मलिन्डो एयरको जहाज दुर्घटना भएपछि  त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको छ।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति १०ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा चिप्लियर दुर्घटनाग्रस्त भएको थियो । दुर्घनाग्रस्त विमान नहटाउँदासम्म उडान र अवतरणमा  कठिनाइ भएकाले बन्द गर्नु परेको विमानस्थल सञ्चालन विभागका निर्देशक प्रेमनाथ ठाकुरले बताए।

बिहीबार राति मलिन्डो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएको थियो।

रातिको समयमा विमान दुर्घटना भएको र पानी परेकाले जहाजलाई पार्किङ क्षेत्रमा ल्याउन ढीलाई भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए।

‘रातिदेखि नै जहाजलाई हटाउने प्रयास भइरहेको छ।’ गौतमले भने, 'नेपालमा उपलब्ध उपकरण र प्रविधिको प्रयोगबाट जहाज हटाउने काम भइरहेको छ।’

जहाजमा कुनै क्षती नपुगेकाले थप क्षती नपुगोस भन्नका लागि नेपालको प्राविधिक टोली जहाज हटाउन खटिरहेको र नेपालको टोलीले नसक्ने अवस्था आए मलेसियाको प्राविधिक टोली बोलाइने गौतमले बताए।

प्रकाशित: ७ वैशाख २०७५ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App