७ वैशाख २०८१ शुक्रबार
खेल

नेपोलीको सम्भावना कायम

मिलान – साबिक विजेता युभेन्टस् क्रोटोनीसँग १–१ को बराबरीमा रोकिएको दिन बुधबार नेपोलीले युडिनेसीमाथि ४–२ को विजयी नतिजा निकाल्दै इटालियन सिरी ‘ए’ को उपाधि सम्भावना कायम राखेको छ।

६५ औं मिनेटमा नाइरेरियाली स्ट्राइकर सिमेले गरेको आकर्षक गोलमा युभेन्टस् क्रोटोनीसँग अंक बाढ्न बाध्य भएको थियो ।

‘हामीले स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकेनौ,’युभेन्टस्का प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘यो खेल अघि सम्म हामीले दोस्रो स्थानको नेपोलीलाई ६ अंकले पछि पारेका थियौ र सिरी ‘ए’ को उपाधि पक्का गर्न आजको खेल निर्णयक थियो ।हामीले धैर्यताका साथ सिजनको अन्त्य सम्म स्वभाविक प्रदर्शन गर्दै आवश्यक छ ।’
नेपोलीले दुई पटक पछि परेको स्थिती उल्ट्याउदै युभेन्टस्सँगको अंकदुरी ४ मा झारेको हो । यी दुई टोली आइतबार आमने सामने हुदैछन्।

४१ औं मिनेटमा जाकुब जाङटोले गरेको गोलमा युडिनेसीले अग्रता लिएपनि त्यसको ४ मिनेटपछि नै लारेन्जो इन्जाघीले गोल गर्दै नेपोलीलाई खेलमा फर्काएका थिए।

५५ औं मिनेटमा सेभान्टे इन्गेलसनले गोल गर्दै युडिनेसीलाई पुन अग्रता दिलाएका थिए ।त्यसको ९ मिनेटपछि नेपोलीका राउल एलबियोलले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।

७० औं मिनेटमा आर्काड्युज मिलिकले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए ।खेल  सकिन १५ मिनेट बाकी हुँदा लोरेन्जो टोनेल्लीले गोल गर्दै नेपोलीको जित पक्का गरेका थिए।

यस जितपछि ३३ खेलमा ८१ अंंक जोडेको नेपोली दोस्रो स्थानमा यथावत छ । जुन समान खेल खेलेको युभेन्टस् भन्दा ४ अंक कम हो । त्यस्तै समान ६४ अंक जोडेका एएस रोमा र लाजियो क्रमश तेस्रो र चौथो स्थानमा बस्दा ६३ अंक जोडेको इन्टर मिलान पाँचौ स्थानमा झरेको छ।

यसअघि १६ औं मिनेटमा एलेक्स सान्ड्रोले गरेको गोलमा अग्रता लिएपनि खेल सकिन २५ मिनेट बाकी हुँदा सिमेले गरेको गोलमा क्रोटोनीले युभेन्टस्को स्पष्ट तीन अंक जोड्दै उपाधि सम्भावना थप पक्का गर्ने लक्ष्यमा पूर्ण विराम लागेको थियो।

त्यस्तै रोमाले जिनोवालाई २–१ ले पराजित गर्यो । १७ औं मिनेटमा सेन्जिज अन्डरले गरेको गोलमा रोमाले लिएको अग्रता ५२ औं मिनेटमा जिनोवाका इर्भिन जुकानोभिचले गरेको आत्मघाती गोलमा अग्रता दोब्बर बनेको थियो ।
खेल सकिन २९ मिनेट बाकी हुँदा जियानलुका लापाडुलाले गरेको गोलमा जिनोवाले खेलमा फर्कने संकेत गरेपनि त्यो पर्याप्त भएन।

सिरी ‘ए’ अन्र्तगत बुधबार सम्पन्न अन्य खेलमा लाजियोले फिरोरेन्टिनालाई ४–३ ले,साम्पडोरियाले बोलोग्नालाई १–० र सासौलोले हेलास भेरोनालाई १–० ले पराजित गर्दा एसी मिलान र टोरिनोले १–१ तथा किभो भेरोना र एसपिएएलले गोलरहित बराबरी खेले।

प्रकाशित: ७ वैशाख २०७५ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App