८ वैशाख २०८१ शनिबार
खेल

क्रिस गेलको शतकमा हैदरावादमाथी पञ्जावको जित

मोहाली – वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले यो सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो शतक प्रहार गरेको दिन किङ्स इलेभेन पञ्जावले सनराइजर्स हैदरावादलाई १५ रनले पराजित गरेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य पछ्याएको हैदरावादले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाइ १ सय ७८ रनमात्र बनाउन सक्यो।

हैदरावादका लागि मनीष पाण्डेले सर्वाधिक ५७ रन बनाए। उनले ४२ बलमा ३ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै कप्तान केन विलियम्सनले ४१ बलमा ३ छक्का र २ चौंकाको मद्दतमा ५४, शाकिब हल हसनले २४ र युसुफ पठानले १९ रन बनाए पनि अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। हैदरावादलाई सस्तैमा समेटन पञ्जावका मोहित शर्मा र एन्ड्रयु टाईले २–२ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ३ विकेट गुमाइ १ सय ९३ रन बनाएको थियो। पञ्जावका लागि क्रिस सर्वाधिक १०४ रन जोडे। उनले विस्फोटक ब्याटिङ गर्दै ६३ बलमा १ चौका र ११ छक्का प्रहार गरेका थिए। आइपिएलको इतिहासमा उनको यो छैठौं शतक हो। त्यस्तै करुन नायरले ३१, मयंक अग्रवाल र लोकेश राहुलले समान १८–१८ र आरोन फिन्सले नटआउट १४ रन बनाए।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ कोउलले एक–एक विकेट लिए। प्रतियोगितामा पञ्जावको यो तेस्रो जित हो भने हैदरावादको पहिलो पराजय हो। दुवैले चार म्याच खेलिसकेका छन्।

प्रकाशित: ७ वैशाख २०७५ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App