४ वैशाख २०८१ मंगलबार
प्रवास

बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी

लन्डन-बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. कृष्ण अधिकारी निर्वाचित भएका छन्। आगामी ४ बर्षको लागि अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भए । मंगलवार  सम्पन्न निर्वाचनमा  महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन्। 

 अक्सोफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा. अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक हुन् । अध्यक्ष बन्नु अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । उनी परिषदको चौथो अध्यक्ष हुन् । यस अघि प्रा. सूर्य सुवेदी, प्रा. माइकल हट र प्रा. डेविड गेल्नरले सो पदमा रही सेवा गरि सकेका छन्। 

सन्  २००० मा  बेलायतस्थित नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा शोध रुची भएका मानिसहरू तथा प्राज्ञहरूको स्कूल अभ् ओरियञ्टल एण्ड अफ्रिकन स्टडिज (सोआस्) मा भएको एक भेलामा परिषदको गठन गरेको थियो  । बेलायत र नेपालका द्विपक्षीय चासोका विषयमा साझेदारीमूलक अनुसन्धान, आपसी आदन-प्रदानका कार्यक्रम, बार्षिक प्रवचनहरू तथा सेमिनार कार्यक्रमहरू आयोजना गरी बेलायत—नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्य राखेर परिषदको गठन गरिएको  डा. अधिकारी जनाए ।

परिषदले युरोप वा दक्षिण एसियाका कुनै एक विश्वविद्यालयमा भर्ना भै नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धी विषयमा विद्यावारिधि गरेका विद्यार्थीहरूका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको जनाएको छ । परिषदका अनुसार सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा. मरिना क्रोजेनेभिकाले  प्राप्त गरेकी थिइन् । 

 

प्रकाशित: ७ वैशाख २०७५ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App