८ वैशाख २०८१ शनिबार
समाज

बाघ मृत भेटियो

चितवन- रत्ननगर नगरपालिका वडा नम्बर ११ मा मृत बाघ फेला परेको छ। टिकौली जंगल नजिकै मंगलपुरको डम्पिङ साइृडमा भाले बाघ मृत फेला परेको हो । बिहीबार राती बाघ मृत फेला परेको जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए । करीब १२ वर्ष उमेरको बाघको टाउकोमा चोट लागेको भेटिएको छ ।

बाघ अरु जनावरसँग जुधेर घाईते हुँदा भएको संक्रमणले मरेको हुन सक्ने अनुमान गरिएको छ। बाघको पोष्टमार्टमका लागि चितवन राष्टिय निकुञ्जको मुख्य कार्यालय कसरा लगिएको छ।

पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ रहेका छन् । एक साता अघि पनि निकुञ्जमा कालगतिले बाघ मरेको थियो । गत आर्थिक वर्षमा कालगतिले ४ वटा बाघ मरेका थिए।

 

प्रकाशित: ७ वैशाख २०७५ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App