coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

स्याउ बीमा रकम बुझ्दै किसान। फाईल फोटो

जुम्ला – स्याउ किसानहरूको मर्मलाई मध्यनजर गर्दै कर्णालीमा शुरु भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। असिना र खडेरीका कारण यहाँको स्याउमा गिरावट आउने भएकोले स्याउ बीमालाई किसानले प्रथामिकतामा पारेका हुन्।

साविक कर्णालीको मौसम मापन केन्द्ररहेको ठाउँमा मात्रै स्याउ बीमा लागू गरिएको छ। जतिसुकै प्रकोप र रोगको संक्रमण देखिएपनि बीमा रकम किसानले पाउन थालेपछि हर्षीत देखिएका छन्। दशक अघि सम्म स्याउको बीमा हुने सुन्दा किसान अचम्म मान्थे, तर अहिले स्याउको बीमा गर्न थालेपछि ढुक्क छन्। स्याउको बीमा गरेको रकम घरदैलोमै पाउन थालेका हुन्।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका स्याउ बीमा कार्यक्रमका संयोजक लक्षिराम महत किसान स्याउ बीमा प्रति उत्साहित देखिएको बताउँछन। उनले भने, यो कार्यक्रम कर्णालीका जिल्लामा प्रभावकारी बन्दै गइरहेको छ,किसानको हितमा भएकोले स्याउ बीमा गर्ने किसानको लर्को छ। किसानले प्रति बोट स्याउको ४२ रुपैयाँ बीमा स्वरुप संकलन गर्नुपर्छ। अहिले कर्णालीका ३५ हजार किसानले स्याउ खेती बीमा गरिसकेका छन्।  सबै जिल्लामा शिखर ईन्सोरेन्स कम्पनीले स्याउ बीमा गर्दै आइराखेको छ। कालिकोटमा १ सय ९ जनाका ३ हजार ७ सय स्याउको बिरुवाको बीमा गरिएको छ।

मुगुमा  २ सय ३१ जनाको ६ हजार ३ सय ५३ बिरुवा, डोल्पाका १ सय ७ किसानका ५ हजार ६ सय ५३ स्याउ बिरुवाको बीमा गरिएको छ। जुम्लाका ७ सय किसानका २१ हजार स्याउको बीमा भइसकेको बीमा कम्पनी कर्णाली इन्चार्ज क्रृषिराम पाण्डेले जानकारी दिए। उनका अनुसार हुम्लामा पनि स्याउ बीमा कार्यक्रम शुरु भइसकेको छ। त्यस्तै कर्णालीका ३६ हजार ७ सय ६ स्याउका बिरुवाको बीमा गरिएको हो। बीमा गरेमा असिना र खडेरीले उत्पादन घटेमा क्षतिपूर्ति स्वरुप रकम पाइन्छ।

असिनाले क्षति पुर्याएमा प्रतिबोट ५ सय र खडेरीले नष्ट गरेमा प्रतिबोट २ हजार बीमा रकम पाइने गरेको छ। ६० मिलीमिटर भन्दा कम पानी परेमा बीमितले रकम पाउने प्रावधान छ। गतवर्ष जुम्लाका १ सय ४७, कालिकोटका ७२, डोल्पाका ६९ र मगुका ६५ जनाले स्याउको बीमा रकम पाएका थिए। पछिल्लो समयमा स्याउको उत्पादन लागि भएपनि बीमा गर्ने क्रम बढेको छ। असिना र खडेरीले स्याउ नष्ट गरेमा पीडित किसानलाई जम्मा गरेर एक मुष्ट रकम उपलब्ध हुने गरेको इन्चार्ज पाण्डे बताउँछन। गत वर्ष कालो तुसारोका कारण स्याउको उत्पादनमा कमि आएको थियो।

किसानले अघिल्लो वर्ष न्यूनतम २ हजार ९ सय ९० रुपैयाँ देखि १६ हजार रुपैयाँ सम्म बीमाकंन रकम पाएका हुन। घरैदैलोमा स्याउको बीमा गर्न पुग्छन्। स्याउ बीमाको मर्म र भावना बुझेर बीमा हुने गरेको छ। जुम्लाको चन्दननाथ, पातारासी, गुठिचौर, तातोपानी र सिजा गाउँपालिकामा स्याउ बीमा कार्यक्रम लागु भएको छ।

प्रकाशित: ७ वैशाख २०७५ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App