१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली र दाहालबीच कार्यदल प्रतिवेदनबारे छलफल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले दुबै कार्यदलले एकताबारे बुझाएका सांगठनिक र विधान मस्यौदा सम्वन्धी प्रतिबेदनबारे छलफल गरेका हुन्।

दाहाल निकट स्रोतका अनुसार प्रतिवेदनको बारेमा दुई अध्यक्षबीच छलफल भएको थियो। छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि थप अन्तर्क्रिया गर्नुपर्ने भन्दै दुवै अध्यक्ष उठेका थिए।

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते पार्टी एकता हुने भनिए पनि त्यो समयमा एकता हुन नसक्ने भएपछि दुवै पार्टीले थप तयारी थालेका हुन्। यस अघि मंगलबार एकता संयोजन समितिको बैठकले कार्यदलका प्रतिवेदनबारे अन्तिम निर्णय लिन दुई अध्यक्षलाई जिम्मा दिएको थियो।

प्रकाशित: ७ वैशाख २०७५ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App