१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थापनाकै दिन फुट्यो राजपा, नयाँ पार्टीको नाम राजपा (लोकतान्त्रिक)

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  शुक्रबार नयाँ पार्टीको घोषणा गर्दै आफूहरू छुट्टिएको बताएका हुन्। 

राजपा उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा घोषणा भएको नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) रहेको छ। 

यादवसहित ३३ जना केन्द्रीय सदस्यहरूको समूहले पत्रकार सम्मलेन गर्दै नयाँ पार्टी घोषणा गरेका हुन्। 

 पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ।

समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित छन्।

संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमण्डलका छ जना र उनीहरूका परिवारले मात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेशी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरूले नयाँ पार्टी गठन गरेको बताए। 

सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भए पनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमण्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन भने। राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्ने छ। 

को को छुट्टिए राजापाबाट ?

प्रकाशित: ७ वैशाख २०७५ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App