coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कारको आरोपामा एक पक्राउ

चितवन – बलात्कारकाे अाराेपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्बर ३ का विष्णु प्रसाद शर्मालाई पक्राउ गरेको छ। 

गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालक शर्मालाई सेवा केन्द्रका एक बालिका र एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो। 

शर्माले बैशाख १ गते राती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका शर्मालाई जबरजस्ती करणी महल अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। 

चितवन जिल्ला अदालतबाट पाँच दिन म्याद थप लिई अनुसन्धान भैरहेको ढकालले जनाए ।

प्रकाशित: ७ वैशाख २०७५ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App