१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जितगढीमा अंग्रेजलाई परास्त गरेको सम्झनामा विजयउत्सव

बुटवल- नेपाली सेनाले बुटवलबाट अंग्रेज सेनालाई परास्त गरेको दिनको संझनामा बुटवलमा जितगढी बिजय उत्सव मनाउन थालिएको छ। वि.सं. १८७२ बैशाख ७ गते कर्णेल उजुरसिहं थापाले नेपाल अंग्रेज युद्धमा नेपाली फौजको नेतृत्व गरी बुटवलको जितगढी किल्लाबाट अग्रेजलाई परास्त गरेका थिए।

 नेपाली फौजले अंग्रेज फौजलाई हराएको दिनको सम्झानामा शुक्रबार जितगढी बिजय उत्सव मनाइएको हो। बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको विजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जितगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शिर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएको बताए। ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्दै देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बनाउने मुख्य मन्त्री पोखरेलले बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को दर्घिकालीन समृद्धिको आधार पर्यटन विकास भएकाले जितगढी किल्लालाइ विशेष योजनाकासाथ ऐतिहासिक पर्यटकीय क्षेत्र बनाउने बताए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल, प्रदेससभा सदस्य भोजप्रसाद श्रेष्ठ लगायतले बोल्दै उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढी किल्लालाइ पर्यटकीय गन्तब्य बनाउन सहयोग र सहकार्य  गर्ने प्रतिबद्धता जनाए।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि ५० लाख बजेट छट्टाएर काम थालेको बताए। उपमहानगरले जितगढी क्षेत्रमा रहेको जग्गाको संरक्षण गर्दै हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइ स्थापना गर्ने प्रमुख सुवेदीले बताए।

जितगढी किल्लामा मूल समारोह हुनु अघि बुटवल उपमहानगरपालिकाको प्रांगणबाट विभिन्न सांस्कृति प्रस्तुति सहितको प्रभातफेरि निकालिएको थियो। नेपाली फौजले बुटवलको जितगढी किल्लाबाट अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको छ। सो अवसरमा  उपमहानगरपालिकाले पहिलोपटक बैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवस रुपमा मनाउन थालनी गरेको हो। अवदेखि हरेक बर्ष बैशाख ७ लाइ बुटवलमा धुमधामसंग जितगढी बिजयउत्सव मनाइने नगरपालिकाले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७५ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App