coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

बुटवल – प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई अपराधिक गतिविधिमा सघाएको आरोपमा प्रहरीले शुक्रबार एमालेको भातृ संगठन युवा संघका केन्दी्रय सदस्य सुजु मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । युवा संघ रुपन्देहीका इन्र्चाज समेत रहेका मल्ललाई बुधबार साँझ काठमाडौँबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो। 

दुर्गा तिवारी र बलु हत्याको विरोधमा भएका आन्दोलको नेतृत्व गर्ने मल्लले गुण्डा नाइके पुनलाई अपराधिक घटनामा सहयोग गर्र्ने गरेका तथ्य फेला परेको हो । प्रहरीले मनोज पुन र सुजु मल्ल बीचमा उद्योगी व्यवसायीको सुराकी गर्दै गरेको भ्वाइस रेकर्ड समेत फेला पारेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। 

‘उसले दिनभर आन्दोलनको मोर्चामा नेतृत्व गर्ने राती मनोजलाई खबर पु¥याउने गरेको प्रमाण हामीसँग सुरक्षित छ’ एसपी ज्ञवालीले भने । घटनाका सम्बन्धमा पार्टी भित्र भएका छलफल र बैठकका सूचना समेत मल्लले पुनलाई दिएको प्रहरीको दाबी छ।

बुटवल उपमहानगर ७  दिपनगर घर भएका मल्ल युवा संघको केन्द्रीय सदस्य तथा  रुपन्देही इन्र्चाज हुन । पुनको अपराधिक गतिविधिमा संलग्न अन्य केहीको खोजी जारी रहेको र ती पनि छिट्टै पक्राउ पर्ने एसपी ज्ञवालीले बताए । यसअघि प्रहरीले मंगलबार एकजना उद्योगी सहित माओवादीका केन्द्रीय सदस्यस र युवा संघकै नेता तथा कार्यकर्ता गरी ५ जना पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुले हत्यारा पुनलाई फोन तथा अन्य प्रविधि मार्फत जिल्लाका उद्योगी व्यवसायीका विवरण उपलब्ध गराउने, हत्याका लागि व्यक्ति तोकेर उक्साउने र आर्थिक रुपमा समेत सहयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । ज्ञवालीका अनुसार मनोज पुनका अपराधिक गतिविधिमा ६ जनाकै संलग्नता शुरु देखि नै रहेको पाइएको छ।

प्रकाशित: ७ वैशाख २०७५ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App