७ वैशाख २०८१ शुक्रबार
खेल

माइभ्याली गोल्डकपः संकटा क्लब र सिक्किम युनाइटेड भिड्दै

इलाम – इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) संकटा क्लब काठमाडौं र भारत सिक्किमको सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ः०० बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ।

यसअघि शुक्रबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ।

प्रतियोगितामा ३ विभागीय टिम नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघको सहभागिता रहेको छ।  

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वा्धिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ।  

प्रकाशित: ८ वैशाख २०७५ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App