७ वैशाख २०८१ शुक्रबार
अर्थ

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

वीरगञ्ज – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा शनिबार आयोजित राजश्व नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त धारणा राखेका हुन्।

उहाँले मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी आव २०७५/७६ को बजेटमा प्राथमिकता दिइने उल्लेख गरे।

सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पु-याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पु-याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँर्दै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताए।

उनले यातायातको सिण्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिण्डिकेट विस्तारै सरकारले तोड्दै लैजाने जानकारी गराए। उनले खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने बताए। रासस

प्रकाशित: ८ वैशाख २०७५ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App