६ वैशाख २०८१ बिहीबार
राजनीति

ओली–दाहाल भेटवार्ता अाज

 काठमाडाै -प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्तामा हुँदैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बन्ने केन्द्रीय समितिमा भागवण्डा नमिल्दा भोलि हुने भनिएको एकता रोकिएको छ। पार्टी एकताका लागि नमिलेका विषयहरु टुंग्याउन केही दिनदेखि प्रयासरत दुई पार्टीका अध्यक्ष आज पनि छलफल जुट्न लागेका हुन् ।

माओवादी केन्द्रले बराबरीको हैसियतका आधारमा एकता हुनुपर्ने बताउँदै आएको छ भने एमालेले जनमतका आधारमा भागबण्डा हुनुपर्ने बताउँदै आएको छ। विवादित बन्दै आएको सह–अस्तित्वका विषयमा हिजो दुबै दलका अध्यक्षबीच छलफल भए पनि ठोस निष्कर्ष निस्किन सकेकाे थिएन ।

पार्टीमा कुन अनुपातमा सदस्य रहने भन्ने विषय दुबै नेतालाई टाउको दुखाईको विषय बनेको छ । हिजो दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा नपुगेपछि आज थप छलफल गर्नेगरी बैठक सकिएको थियो । आज छलफल गर्ने भनिए पनि समय र स्थान भने तय भइनसकेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएकाे छ।

प्रकाशित: ८ वैशाख २०७५ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App