८ वैशाख २०८१ शनिबार
समाज

सेटिङमा अवैध उत्खनन्

सिरहाको धनगडीमाई नगरपालिका ९ मा भैरहेको गैरकानुनी ग्राभेल उत्खन्न। तस्विरः मिथिलेश

सिरहा- सिरहाको धनगडिमाई नगरपालिका ९ मा खानीको नाममा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ। जिल्ला समन्वय समितिबाट ईजाजत नलिई ग्राभेल उत्खन्न भैरहँदा पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

जिल्लाभित्र विकास निर्माणका काम अवरुद्ध नहोस भनेर तत्कालिन स्थानीय विकास मन्त्रालयको सचिव स्तरीय निर्णययबाट नीजि खानी सञ्चालन सम्बन्धी कार्यबिधी तयार पारेर नीजि खानी अनुमती दिने प्रावधान बनायो। ०.२५ वर्गकिलोमिटर जग्गामा नीजि खानी सञ्चालन अनुमती जिल्ला समनवय समितिले दिनसक्ने कार्यविधिले प्रावधान तोकेको छ । राजमार्गबाट एकसय मिटरको दुरी, घनाबस्ती र बनबाट १०० मिटरभन्दा बढी, हाईटेन्सन लाईनबाट ५० मिटर दुरी राखेर मात्र अनुमती दिन मिल्ने मापदण्ड समेत कार्यविधिमा उल्लेख छ। तर, यहाँ कार्यविधि, मापदण्ड, नियमलाई धज्जी उडाउँदै प्रहरी, जिल्ला समन्वय समिति र खानी सञ्चालकको सेटिंगमा गैरकानुनी रुपमा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ।

'हामी निर्वाचित भएर आईसकेपछि यो खानी रोक्न प्रयास पनि गर्यौ', धनगडिमाई नगरपलिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष प्रकाश योन्जनले भने,‘जिल्ला समन्वय समति बीचमा आएपछि हामी पछि हट्न बाध्य भयौं।’ वनजंगल, बस्तीको बीचमा खानी सञ्चालनको अनुमती दिएर सुरुमा जिल्ला समन्वय समितिले पनि नियम मिच्यो। त्यसपछि खानी सञ्चालकहरु अर्को अर्को जग्गामा समेत अनियन्त्रीत उत्खन्न सुरु गर्न थाल्यो स्थानीय बताउँछन्।

नीजि खानी सञ्चालन सम्बन्धी कार्यबिधिले तोकेको मापदण्डबाहिर गएर उत्खन्नकार्य भैरहँदा बस्ती, हाइटेन्सन पोल, नजिकैको वनमा जोखिममा बढाएको स्थानीयको गुनासो छ। बस्तीको बीचभागमा अनियन्यत्रीत उत्खन्न गरी खहरे खोलो जस्तो बनाइदिएपछि बस्ती बाढी पहिरोको जोखिमामा परेको स्थानीयहरु बताउँछन्। उत्खन्न र उत्खन्न गरीएका ग्राभेल ढुवानी गर्ने टिपरले उडाउने धुलोले स्थानीय आजित बनेको स्थानीय डेनोक मोक्तानले बताए।

'जिल्ला समनवय समिति र स्थानीय प्रहरीको संरक्षणमा यहाँ धेरैले प्राकृतीक स्रोतमाथी दोहन तिब्र पारेका छन्', मोक्तानले भने,‘अनियन्त्रीत दोहान रोक्न नियमनकारी मौन बस्नु बिडम्बना हो।’ स्थानीय एक किसानले भने,‘प्राकृतिक स्रोतको अनियन्त्रीत दोहान गर्नेसँग धन छ, धनको अगाडी नियमनसियम फिका पर्छ।’

खानी सञ्चालनको अनुमती दिने र त्यसउपर निगरानी गर्न जिल्ला समनवय समितिमा प्राविधिक उपसमिति गठन गरिएको छ । समितिमा जिल्ला प्राविधिक कार्यालयका डिभिजनल ईन्जिनियर, वातवारण तथा उर्जा शाखाका इन्जिनियर र राजस्व शाखाका प्रमूखगरी तीनजना छन्।

उपसमितिका सदस्य राजस्व शाखाका प्रमूख महेन्द्र यादवका अनुसार यहाँ धनगडि ९ मा सञ्चालित खानीले कानुन, नियम र मापदण्ड मिचेकै हो। यसलाई नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय धनगडिका प्रहरी नायव निरीक्षक मोहम्मद नुरुललाई अग्राह गर्दा बेवास्ता गरेको यादवले बताए। प्रहरी नायव निरीक्षक नुरुलले नागरिकसँग भने,‘खानी नियमन र अनियन्त्रीत उत्खन्न रोक्ने हाम्रो काम होईन।’ नियम मिचेर उत्खन्न गर्ने उपर कारबाही गर्न जिल्ला समन्वय समिति नै काफी छ । काराण अनुमती दिनेसँग कारबाही गर्ने अधिकार सुरक्षित हुन्छ । तर, मिलेमतो ढाकछोप गर्न जिल्ला समन्वय समितिले प्रहरी र प्रहरी जिल्ला समन्वय समिति देखाउँदै पन्छिदै छ । खानीको नाममा ग्राभेल उत्खन्न गरी ५० फिटसम्म गहिरो खाल्डो पारिएको छ । यहाँ सञ्चालित खानीबाट निकालिएको  ग्राभेल सिरहा, सप्तरी र धनुषाको ढल्केबरसम्म सप्लाई हुने गरेको छ । यहाँबाट दैनिक करिब तीनसय टिपर ग्राभेल गैरकानुनी उत्खन्न गरि निकासी भैरहेको छ।


 

प्रकाशित: ८ वैशाख २०७५ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App