coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपीएलमा दिल्लीद्वारा बेंग्लोरसामु १७५ रनको लक्ष्य प्रस्तुत

बेंग्लुरु– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले रोयल च्यालञ्जर्स बेंग्लोरलाई १७५ रनको विजय लक्ष्य दिएको छ।

बेंग्लुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो। कप्तान गौतम गम्भीरसहित सुरुवाती व्याट्म्यान सस्तैमा गुमाएको दिल्लीका लागि रिसभ पन्तले सर्वाधिक ८५ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र ७ छक्कासहित ८५ रन जोड्दै टिमको स्कोर उकासे। श्रेयस अय्यरले ५२ रन जोडे। ३१ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। राहुल टेवातियाले १३ रनमा अविजित रहे।

बलिङतर्फ युजवेन्द्र चहलले २ विकेट लिए। उमेश यादव, वाशिंटन सुन्दर र कोरी एण्डरसनले समान १ विकेट लिए।  

प्रकाशित: ८ वैशाख २०७५ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App