७ वैशाख २०८१ शुक्रबार
अर्थ

डच विशेषज्ञ गोर्खा इको प्यानलमा

भक्तपुर – नेडरल्याडका निर्माण विशेषज्ञ ईन्जिनियर टिडो मेन्डेल्स् भक्तपुरस्थित नेपालमै पहिलो पल्ट उत्पादित गोर्खा इको प्यानलमा आएका छन्। डच विशेषज्ञ उनी परामर्शदाताको रुपमा कारखानामा आएका हुन्।

उनी र्दुइहप्तासम्म भक्तपुरको जगाती हनुमानचास्थित गोर्खा इको प्यानलको कारखानामा रहेर इको प्यानलको गुणस्तरबृद्धिको अध्ययन अनुसन्धान गरेका छन्। उनले इको प्यानलकोबारेमा सुक्ष्म अध्ययन अनुसन्धान पनि गरेका छन्। यस क्रममा उनले स्थानीय कच्चा पदार्थको अत्याधिक उपयोग गरी इको प्यानलको निर्माणका लागि सल्लाह सुझाब दिए।

उनले इको प्यानलको निर्माणमा इन्डष्ट्रियल वेष्टेजको न्युनीकरण भएको देखेर खुशी व्यक्त गरे। उनले इको प्यानलको जडान गर्ने कामदारलाई आफनो ३० वर्षको अनुभब साटदै कन्सटक्सन सेफटी (निर्माण मजदुरको सुरक्षा) बारे तालिम पनि प्रदान गरे। इको प्यानलको मजबुद जडानका लागि गोर्खा इको प्यानलमा कार्यरत इन्जिनियरहरुलाई उनले प्राविधिक सल्लाह सुझाब दिए। साथै उनले आफनो ३० वर्षको निर्माण व्यवस्थापन अँंगालेका अनुभबहरु साटे।

उनी नेडरल्याण्डको पोम (नेडरल्याण्ड सिनियर एक्स्पर्ट)का स्वयमसेवक हुन्। उनीसँंग तीन दशक भन्दा वढी समय नेडरल्याण्डको निर्माण क्षेत्रको अनुभब छ। रिटायर्ड जीवन विताइरहेका उनलाई नेडरल्याण्ड सरकारको परराष्ट्र मन्त्रालयले १५ दिनको लागि गोर्खा इको प्यानलमा पठाएको हो। नेडरल्याण्डको पोम नामक संस्थाले विश्वका विभिन्न मुलुकहरुमा आफना सिनियर एक्सपर्टहरुलाई आवश्यकता अनुसार परामर्शदाताको रुपमा पठाउँदै आएको छ। यही क्रममालाई गोर्खा इको प्यानलमा आएका हुन्।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णभक्त दुवालले इको प्यानलको गुणस्तर अभिबृद्धिका लागि उनले दिएको सुझाबहरु ज्यादै नै उपयोगी भएको बताए। उनका सुझाबहरुलाई आत्मसाथ गरी इको प्यानलको जडानलाई मजबुत बनाउन र त्यसको गुणस्तरलाई कायम गर्न प्रतिवद्ध रहेको बताए।

प्रकाशित: ९ वैशाख २०७५ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App