coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ज्योति–युनियन इन्स्योरेन्स सम्झौता

काठमाडौं – ज्योति विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ। इन्स्योरेन्सको जीवन बिमा योजना बिक्री गर्ने र अभिकर्ता तथा बिमितलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु-याउने उदेश्यले दुई संस्थाबीच सम्झौता भएको बताइएको छ।

सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका वरिष्ठ नायब महाप्रबन्धक कपिलकुमार ढकालले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

ज्योति विकास बैंकले ५० वटा शाखा र १४ वटा एटिएममार्फत सेवा दिइरहेको छ। हालसम्म बैंकले १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीलाई १३ अर्ब ८५ करोड ऋण लगानी गरेको जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७५ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App