१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेष्टर युनाइटेड फाइनलमा

इङल्याण्ड – म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदान वल्र्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले टोटेनह्यामलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।  

युनाइटेडलाई फाइनलमा पुर्याउन एलेक्सिस सान्चेज र एन्डर हरेराले गोल गर्दा पराजित टोलीका लागि डेल अलीले गोल गरे। खेलको ११ औं मिनेटमा अलीले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। तर २४ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफको खेल बराबरीमा सकिएपनि ६२ औं मिनेटमा हरेराले अर्को गोल थपेपछि खेलमा युनाइटेडले अग्रता लिएको थियो। त्यसपछि निर्धारित समयमा कुनै गोल हुन सकेन र युनाइटेड २० औं पटक एफ ए कपको फाइनल पुग्ने टिम बनेको हो।
अब उपाधिका लागि म्यानचेष्टर युनाइटेडले चेल्सी र साउथह्याम्टनबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित: ९ वैशाख २०७५ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App