८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विश्वका सबै भन्दा जेष्ठ नागरिकको निधन

जापान – विश्वभरीका जिवित मानिसहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ।

स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन्। जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन्।

उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो। किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सबैभन्दा जेष्ठ नागरिक बनेका थिए।

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सबैभन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबैभन्दा जेष्ठ नागरिक बनेका थिए।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएका छन्। झण्डै ११२ वर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सबैभन्दा जेष्ठ नागरिक बनेका हुन्।

जापानमा धेरै नागरिकहरु लामो उमेर बाच्ने गर्दछन्। झण्डै ६८ हजार जापानी नागरिकहरु एक सय वर्ष भन्दा बढी उमेरका सरकारी स्रोतले गत वर्ष नै जानकारी दिएको थियो।

प्रकाशित: ९ वैशाख २०७५ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App