coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गायीका राधालाई टेम्के तुवाचुङ गायन पुरस्कार

खोटाङ – टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले गायीका राधा राईलाई टेम्के तुवाचुङ गायन पुरस्कार प्रदान गरेको छ।

जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने उत्कृष्ट प्रतिभालाई प्रदान गरिने पुरस्कार यस वर्ष टेम्के तुवाचुङ प्रतिष्ठानले गायनतर्फ गायीका राईलाई प्रदान गरेको हो। टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो तेश्रो बार्षिकोत्सवको अवसर पारेर शनिबार गायिका राईलाई ११ हजार १११ रुपैयाँ राशिको प्रतिभा पुरस्कार प्रदान गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा भएको कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले गायीका राईलाई टेम्के तुवाचुङ गायन पुरस्कार प्रदान गरेका हुन्।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी गायिका राईले नेपाली सांगीतिक क्षेत्रको वृत्ति र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाले टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए। हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विद्याका प्रतिभालाई वार्षिकरुपमा पुरस्कृत गर्दै आएको जनाएको छ।

यसअघि २०७२ सालमा कबि चन्द्र रानोहँछा र २०७३ सालमा सितोरियो करातेका खेलाडी सञ्जयकुमार राईले टेम्के तुवाचुङ प्रतिभा पुरस्कार पाइसकेका छन्। यस अघिसम्म सदरमुकाम केन्द्रित कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यसपल्ट हलेसीमा वार्षिकोत्सव कार्यक्रम गरेको हो। कार्यक्रममा अलग अभियान, साइनो कला केन्द्र, पुर्वेली सरगम संगीत विद्यालय, बाँसुरीवादक नगेन्द्र राई, रोल्पाली कवि विकास रोक्का मगरको प्रस्तुति रहेको थियो।

प्रकाशित: ९ वैशाख २०७५ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App