coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बैठक बस्दै

सोल – दक्षिण कोरिया र उत्तर कोरियाका शिर्ष नेताहरूको शिखर सम्मेलनको तयारीका लागि उच्च अधिकारीको बैठक बस्ने भएको छ। 

झण्डै पाँच दिनपछि हुने शिखर सम्मेलनको तयारीलाई अन्तिमरुप दिन दुवै देशका उच्चअधिकारीको बैठक सोमबार बिहान सबेरै बस्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ। 

कार्यकारी भूमिका रहेका उच्च अधिकारी तहको सोमबार हुने बैठक तेस्रो हुनेछ। यसअघि दुई ओटा बैठकबाट उनीहरुले शिखर बैठकको लागि धेरै निर्णय र कामहरु गरिसकेका छन्। 

उनीहरुले शिखर बैठकको सुरक्षा व्यवस्था, मर्यादाक्रम र मिडिया व्यवस्थापनलगायतका विषयमा निर्णय गर्ने भएका छन्। 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच यही अप्रिल २७ तारिखका दिन औपचारिक भेटवार्ता गर्ने तयारी भएको छ। 

शिखर सम्मेलन उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस होममा गर्ने यसअघि नै तय भइसकेको छ। 

विगतमा लामो समय एक आपसमा तितो सम्वन्ध रहेका दुई कोरियाका शिर्ष नेताहरुको शिखर सम्मेलनलाई संसार भरी महत्वका साथ हेरिएको छ। 

प्रकाशित: ९ वैशाख २०७५ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App