coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एशियाली खेलकुदमा घुम्न जाने अफिसियललाई कारबाही : मन्त्री विश्वकर्मा

पोखरा- युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय एरिनामा खेलाडीले देशको इज्जत राखेपनि इज्जत र प्रतिष्ठालाई बन्धक बनाई घुम्न र मनोन्जरनको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुदको नाममा विदेश जाने अफिसियलको गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए।

‘अन्तराष्ट्रिय एरिनामा खेलाडी देशको लागि खेल्न जान्छन् । तर अफिसियल भने मनोरन्जन गर्न जाने परिपाटी अन्त्य गर्नुपर्छ’ मन्त्री विश्वकर्माले भने—‘त्यस्ता अफिसियललाई कारवाही गर्नुपर्छ ।’ केही महिना अघि मात्रै अफिसियल केवल मनोरन्जन लिन गएको समाचार प्रकाशनमा आएपछि मन्त्री विश्वकर्माले त्यसलाई कडाई गर्दै कारबाही समेत गरिने जिकिर गरे।

नेपालको खेलकुद क्षेत्र समस्या ग्रस्त रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलमा अनुशासन र विधीको खाँचो भएको बताउँदै यस्तो मर्यादित क्षेत्रमा अराजकता, स्वेच्छारी र विवाद बढनु दुःख लाग्दो विषय भएको बताए। १८ औ एशियाली खेलमा जाने अफिसियलहरुलाई  कडाईका साथ नियन्त्रण गर्ने बताउँदै भने–‘कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरि देशको शान बढाउन जानु पर्नेमा देशको इज्जत प्रतिष्ठालाई समेत बन्धक बनाउँदै खेलकुदलाई घुम्न र मनोरंजन लिने प्रवृत्ति बढेको छ।’

साहसिक खेल प्याराग्लाइडिङबाट नेपालले एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने सम्भावना रहेको भन्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीलाई ऐतिहासिक अवसरलाई उचाईमा पुर्‍याउन शुभकामना व्यक्त गरेका छन्।

इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने १८ औ एशियाली खेलमा प्याराग्लाइडिङ्ग खेलमा छानिएका प्याराग्लाइडिङ्गका खेलाडीहरुलाई पोखरामा बधाई तथा शुभकामना दिंदै मन्त्री विश्वकर्माले राष्ट्रको गरिमाको लागि प्रदर्शन गर्नुपर्नेमा जोड दिए । उनले भने—‘नेपालले प्याराग्लाइडिङ्ग खेल बाट पदक प्राप्त गर्नेमा शतप्रतिसत ढुक्क छौं।’

१३ औं दक्षिण एशियाली खेलकुद (साग)को पूर्व तयारी स्वरुप १८ औ एशियाली खेलकुदमा २८ खेलमा नेपालको सहभागिता रहने  जनाउँदै उनले राष्ट्रले पदक प्राप्त गर्ने सम्भावना रहेका खेलमा लगानी गर्न पछाडी नपर्ने स्पष्ट पारे। ‘मितव्ययी हुने कुरामा मितव्ययी हुन्छौं तर पदकका प्राप्त गर्ने खेलमा खुलेर लगानी गर्छौ र सोही अनुसार खेलाडी छनौट पनि गर्छौ ।’ उनको भनाई थियो ।

मन्त्री विश्वकर्माले अबसरमा खेलाडीलाई १८ औं एशियन गेम्स लोगो अंकित टिसर्ट उपहार स्वरुप प्रदान गरेका थिए। कार्यक्रममा मन्त्रि विश्वकर्मालाई नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघका महासचिब शैलेन्द्र रावत, नेपाल हवाई खेलकुद संस्थाका सचिब कृष्ण भण्डारी, नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग संघका सचिब ईन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुवेदीले दोसल्ला ओढाएर सम्मान तथा स्वागत गरेका थिए । 

१८ औ एशियाली खेलकुदमा प्याराग्लाइडिङ्ग खेलमा नेपालका तर्फबाट १० जना खेलाडीले ती पदकका लागि प्रतिष्पर्धा गर्ने छन । पहिलो पटक १८ औ एशियाली खेलकुदमा समाबेश गरिएको प्याराग्लाइडिङ्ग खेलमा करिब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने छ ।

 

प्रकाशित: ९ वैशाख २०७५ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App