८ वैशाख २०८१ शनिबार
समाज

पृथ्वी दिवस : तस्बिरमा कुरूप काठमाडौं (फोटो फिचर)

काठमाडौं– यस वर्षको पृथ्वी दिवस ‘प्लाष्टिकजन्य सामग्रीबाट प्रदूषण र यसको अन्त्य’ नारासहित मनाइएको छ।  पहिलोपटक १९७२ अप्रिल २२ मा मनाउन सुरु गरिएको दिवसलाई आइतबार राजधानी काठमाडौंमा विविध कार्यक्रम गरी मनाइयो। 

प्लाष्टिकजन्य सामग्रीबाट हुने  प्रदूषण अन्त्यका लागि सूचना प्रवाह तथा जनचेतना जगाउने यस वर्षको पृथ्वी दिवसको मुल उद्देश्य रहेको छ।

नेपालीहरुले प्रत्येक दिन प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोग गर्छन। जसबाट पृथ्वीमा प्रदूषण बढ्दै गएको छ। काठमाडौं उपत्यकाका नदीनालामा अहिले प्लाष्टिक मात्रै भेटिन्छ। प्रदूषणका कारण काठमाडौंबासीमा विभिन्न रोगहरु समेत लाग्ने गरेको छ। 

यसवर्षको पृथ्वी दिवसमा सरोकारवालाहरुले प्रदूषण अन्त्यमा जोड दिएका छन्। नदीनाला स्वच्छ र सफा राख्नुपर्ने, प्लाष्टिकको प्रयोग पूर्ण रुपमा नियन्त्रण गरिनुपर्ने उनीहरुको माग छ। 

हेर्नुस पृथ्वी दिवसमा कुरुप काठमाडौं :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App