coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा पौडेल निर्विरोध

पोखरा- नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभुवन पौडेल सहित सबै पदाधिकारी निर्विरोध भएका छन्। सबै पदमा एक एक जनाको उम्मेदवारीमात्र परेपछि निर्विरोध भएका हुन्।

प्रदेश ४ को अध्यक्षमा त्रिभुवन पौडेल (कास्की) निर्विरोध भए। यस अघि उनी पत्रकार महासंघ कास्कीको उपाध्यक्ष र प्रेस सेन्टरको प्रदेश अध्यक्ष पनि हुन्। प्रदेश अध्यक्षमा उठ्ने भएपछि उनले महासंघको कास्की उपाध्यक्षबाट राजीनामा दिएका थिए। पौडेल सम्भवत महासंघका प्रदेश अध्यक्षहरुमा सबैभन्दा कम उमेरका हुनेछन्। उनी तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस विज्ञ समेत थिए।

खुला उपाध्यक्षमा नारायणप्रसद शर्मा, समावेशी उपाध्यक्ष शान्ती गुरुङ, महासचिव गणेश पौडेल, सचिव इन्द्र पौडेल, समावेशी सचिव रुद्र श्रीस मगर र कोषाध्यक्षमा दीपक भट्टराई निर्विरोध भएका हुन्।

सदस्यहरुमा खुल्ला तर्फ खेमबहादुर सारु, रामजीप्रसाद लम्साल, गोविन्दप्रसाद सुवेदी,  बसन्तप्रसाद अधिकारी,  राजेन्द्र न्यौपाने,  सन्तोष गौतम, र सुशीलबाबु श्रेष्ठ रहेका छन्। महिला सदस्यमा कमला केसी, अञ्जना तिमिल्सिना, र रबिना ढकाल पौडेल छन्। दलित सदस्यमा राजेश सोनाम, आदिवासी जनजाति सदस्यमा शिला गुरुङ, संगमकुमार घर्ती, अल्प संख्यक सदस्यमा शेष मोहम्मद हनिफ चयन भएका छन्। प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको भागवण्डा अनुसार सबै पदमा निर्विरोध भएका हुन्।

क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाईटी लगायतका संगठनहरुले महासंघको निर्वाचनमा सिण्डिकेट लगाइएको भन्दै विरोध गर्दै आएका छन्। उनीहरुले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका छन्।

 

प्रकाशित: ९ वैशाख २०७५ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App