coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपीएल : घरेलु मैदानमा चेन्नईसँग हार्यो हैदरावाद

हैदरावाद– इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा सनराइजर्स हैदरावाद घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग ४ रनले पराजित भएको छ। जितसँगै चेन्नई ८ अंकसहित रनरेटका आधारमा आइपीएल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार अपराह्न हैदरावादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर चेन्नईलाई व्याटिङ्गमा निम्त्याएको हैदरावादले १८३ रनको विजय लक्ष्य पायो। चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८२ रन बनाउँदा जवाफी व्याटिङ्गका लागि मैदानमा आएको हैदरावाद २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रनमा समेटियो। 

हैदरावादका कप्तान केन विलमसनले सर्वाधिक ८४ रन बनाएपनि टिमको हार टार्न सकेनन्। ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका केन ड्वेन ब्राभोको बलमा रवीन्द्र जडेजाबाट आउट भए। युसुफ पठानले ४५ रनको पारी खेले। २७ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। 

शकिब अल हसन २४ रनमा आउँट हुँदा रसिद खानले नटआउट १७ रन जोडे। ऋद्धिमान साह ५ रनमा अविजित रहे। 
बलिङतर्फ दीपक चाहरले सर्वाधिक ३ विकेट लिए। श्रदुल ठाुकर, करन शर्मा, ड्वेन ब्राभोले समान १ विकेट लिए। 

यसअघि टस हारेर पहिले व्याटिङ्गमा उत्रिएको चेन्नईले सुरेश रैनाको नटआउट ५४ रन र अम्बाती रायडूको ७९ रनको शानदार पारीमा १८२ रनको योगफल तयार पार्यो। ३७ बल खेलेका रायडूले ९ चौका र ४ छक्का प्रहार गरे भने रैना ४३ बलमा ५ चौका र २ छक्कासहित अविजित रहे। कप्तान महेन्द्रसिंह धोनीले नटआउट २५ रन बनाए।

हैदरावादका भुवनेश्वर कुमार र रसिद खानले १–१ विकेट लिए।

प्रकाशित: ९ वैशाख २०७५ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App