७ वैशाख २०८१ शुक्रबार
खेल

आइपीएल : मुम्बईले राजस्थानलाई दियो १६८ रनको विजय लक्ष्य

जयपुर– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्ससामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर व्याटिङ्गमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पार्यो। मुम्बईका लागि सूर्यकुमार यादवले ७२ रनको पारी खेले। ४७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे।

इशान किसनले ५८ रन जोडे। ४२ बल खेलेका उनी ४ चौका र ३ छक्का प्रहार गर्दै आउट भए। किरन पोलार्ड २२ रनमा अविजित रहे। 

राजस्थानका जोफरा आर्चरले घरेलु मैदानमा मुम्बईका ३ विकेट लिए। धवल कुलकर्णीले २ तथा जयदेव उनादकटले १ विकेट लिए।

प्रकाशित: ९ वैशाख २०७५ १६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App