coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

डेलले ल्यायो सेभेन जेनेरेसन ल्यापटप

काठमाडौं– डेलले नेपालमा दुई मोडलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको जनाएको छ । हालसम्मको नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिएको भनिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज–१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी मोडलका ल्यापटप नेपाली विद्यार्थीलाई मध्यनजर गरी ल्याइएको हो । डेलको दक्षिण एसियाका व्यापार प्रमुख अमित मुखर्जीका अनुसार विश्वका धेरै देशमा डेलको व्यापार अग्रस्थानमा रहेको छ भने नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको छ । अबको दुई महिनाभित्र बजारमा यी ल्यापटप उपलब्ध गराउने कम्पनीको योजना छ ।

यी ल्यापटपमा एक वर्ष वारेन्टीका साथै इन्टरनेसनल वारेन्टी पनि दिइने मुखर्जीले जानकारी दिए । नेपाली बजारमा आइपुग्दा यी ल्यापटपको मूल्य कति पर्ने हो भनेर यकिन गरिएको छैन । ‘इन्सपिरन १३ – ५०००’ ल्यापटप १३ इन्चको सेभेन जेनेरेसनको ‘आई ७’ इन्टेल प्रोसेसर रहेको ल्यापटप हो । यसमा विन्डोजको लेटेस्ट भर्सन ‘विन्डोज १० प्रो’ रहेको छ भने १६ जिवी डिडिआर फोर मेमोरी रहेको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रहेको छ ।

‘इन्सपिरन १५–५०००’ १५ इन्चको ल्यापटप हो जसमा इन्टेलको लेटेस्ट सेभेन जेनेरेसनको ‘आई ७’ प्रोसेसर रहेको छ । विन्डोजको लेटेस्ट ‘विन्डोज टेन प्रो’ अपरेटिङ सिस्टम रहेको यो ल्यापटपमा ८ र १६ जिबी डिडिआर ४ ¥याममा उपलब्ध छ । टच स्क्रिन भएको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रेहेको छ ।

प्रकाशित: ११ भाद्र २०७३ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App