१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिद्धारा सुरक्षाको माग

अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रमुख जिल्लाअधिकारी द्राेण पाेखरेल। तस्बिर : रासस

भक्तपुर – जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जनप्रतिनिधिहरुको सुरक्षाको माग गर्दै आइतबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएका छन्। मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँंझ अज्ञात समूहबाट आक्रमण भएपछि सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा आक्रमणमा संलग्न व्यक्ति, आपराधिक समूहलाई यथाशीघ्र पत्ता लगाई कारबाही गर्न माग गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठमाथि शनिबार साँंझ आक्रमण भएको थियो। आक्रमणको विरोधमा आइतबार मध्यपुर थिमि नगरका सबै वडा र नगरपालिका कार्यालयमा काम बन्द गरिएको थियो।

प्रकाशित: १० वैशाख २०७५ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App