coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बलरा नगरपालिका २० दिनमा खुल्यो

सर्लाही – मेयरको कामकारबाही विरुद्ध ५ जना वडा अध्यक्ष सहित स्थानीयले मूलगेटमै तालाबन्दी सहित रिले अनसन गरेकाकारण ठप्पभारतीयसिमा क्षेत्र स्थित बलरा नगरपालिका कार्यालय २० दिनपछि सञ्चालनमा आएको छ।

मेयर अभय सिंहले नगरपालिकाको कामकार्बाहीमा मनोमानी गरेको भन्दै त्यसको विरोधमागत चैत १९ गतेबाट कार्यालयमा तालाबन्दी सहित मूल गेटमा रिले अनसन जारी  थियो। शनिबार समस्या समाधानका लागि समिति गठन भएपछि आन्दोलनरत पक्षले मूल गेटमा लगाईएको तालाबन्दी तथा रिले अनसन स्थगित गरेसँगै आईतबारबाट कार्यालय सञ्चालनमा आएको छ।

‘आन्दोलनका कारण २० दिनसम्म कार्यालय ठप्प थियो’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास कुमार रजकले आईतबार नागरिकसँग भने, ‘आजबाट कार्यालय पूर्ण रुपले संचालनमा आएको छ।’

आर्थिक वर्ष समाप्तिको समय घर्किन लागेको अवस्थामा भएको तालाबन्दीले विकास निर्माणको काममानिकै अवरोध पुगेको प्रमुख प्रशासकीय अधिकृत रजकले जानकारी दिए। ‘अब विनाअवरोध द्रुत गतिमा काम अगाडी नबढाए छुट्टयाएको बजेट खर्च गर्न सकिदैन’उनले भने।

समस्या समाधानका लागि आगामी वैशाख २२ गते भित्र निकास दिनेगरी प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह, प्रदेश सांसद् उपेन्द्र कुशवाहा र मेयर अभय सिंह रहेको तीन सदस्यीय समिती गठन भएपछि शनिबारबाट आन्दोलनरत पक्षले विरोधका कार्यक्रम स्थगित गरेका हुन्। तीन सदस्यीय समितिले निकास दिने शर्तमा आन्दोलन स्थगितगरिएको अनसनमा पटक–पटक सहभागि कौशल किशोर सिंहले जानकारी दिए।

मेयर सिंहले ८० लाख रुपैंया बजेटको बाटो निर्माण कार्यकालागि रातारात आफ्नै भाई पंकज सिंहको अध्यक्षता माउपभोक्ता समिति गठन गरी काम सूरु गरेको तथा नगरपालिकाबाट हुने कामकारबाहीमा आफूहरुसँग कुनै सल्लाह नै नगरी मनोमानी ढंगले अगाडी बढेको आरोप लगाउँदै ५ जना वडा अध्यक्ष सहित स्थानीयले आन्दोलन गरेका हुन्। वडा नं. १ मानिर्माण भईरहेको उक्त सडकको उपभोक्ता समिति गठनमा आफूलाई कुनै जानकारी नदिईएको सोही वडाका वडा अध्यक्ष सन्तोष कुमार सिंहले बताए।
 
अनियमित ढंगले गठन भएको उपभोक्ता समितिबदर गर्नुपर्ने, आर्थिक सहयोग वितरणमा भएको अनियमितता पारदर्शी गर्नुपर्ने, सामाजिक सुरक्षाभत्ता बैंकद्वारा भुक्तानी तथा पारदर्शी गर्नुपर्ने लगायत विभिन्न माग सहित आन्दोलन सूरु भएको थियो। अब समितिले सबै मागबारे सम्बोधनगर्ने सहमति पश्चातआन्दोलन स्थगित गरिएको र माग पूरा नभएअझ कडा संघर्षका कार्यक्रम सूरु गरिने कौशल किशोर सिंहले जानकारी दिए।

यतानगरपालिकाका मेयर अभय सिंह भने आफूले पारदर्शी ढंगले कामगरिरहेको दाबी गर्छन्। आफुसँग छुट्टिईसकेको भाईलाई स्थानीय गाउँलेहरुको भेलाले अध्यक्ष बनाएको दाबीगर्दै कामको गुणस्तरमाक मिहुन नदिईने मेयर सिंहले प्रतिवद्धता जनाए।

प्रकाशित: १० वैशाख २०७५ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App