काठमाडौं – निर्धन उत्थान बैंक लिमिटेडले ५४ जना ग्राहकलाई वित्तीय साक्षरता तालिम दिएको छ। बैंकले गत शनिबार दुर्गम मुगु जिल्लाको बालै गाउँमा तालिम दिएको बैंकका मुगु शाखाका प्रमुख हिमाल सुवेदीले जानकारी दिए।
एक परिवारमा एकजना उद्यमी बनाउन बैंकले पहल गरेको उनले बताए। तालिममा वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा व्यवस्थापन तथा कर्जा सदुपयोग लगायत विषयमा जानकारी गराइएको थियो।
यसैगरी, वित्तीय अनुशासन, सेवा सुविधा छनोट प्रक्रिया तथा आम्दानी–खर्च, जोखिम व्यवस्थापन, बिमा, विप्रेषण सेवा, व्यावसायिक योजना, व्यावसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुरा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटबारे, बैंकका सेवा कर्जा, बचत, बिमा, विप्रेषणबारे सहभागीले जानकारी हासिल गरेको शाखा प्रमुख सुवेदीले बताएका थिए। बैंकले दुर्गम जिल्लामा वित्तीय साक्षरता तालिमलाई प्राथमिकता दिई सञ्चालन गर्दै आइरहेको शाखा प्रमुख सुवेदीले बताए। उक्त तालिममा प्रशिक्षकहरु हिमाल सुवेदी, नारायण चौलागाई र रामबहादुर बुढा रहेका थिए।
प्रकाशित: १० वैशाख २०७५ ०५:०५ सोमबार