coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रथम तार्केश्वर महोत्सव हुँदै

नुवाकोट –  ‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ भन्ने नारासहित प्रथम तार्केश्वर महोत्सव–२०७५ हुन लागेको छ। छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ फलाटेमा महोत्सव हुन लागेको हो।

जिल्लाको तार्केश्वर गाउँपालिकाको प्रचार प्रसार गर्न र त्यहाँको सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गरिएको महोत्सव संयोजक पुष्प वाइबाले बताए। स्थानीय कला, संस्कृति, धार्मिक रीतिरिवाज, चालचलन, पुरातात्विक वस्तुको संरक्षण र सम्वद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष वाइबाले बताए।

महोत्सवले तार्केश्वर गाउँपालिकाभित्र रहेको दाङसिङ छाङा झरना, फिर्केपकोट, जन्तरेको गाडीडाँडा, बुधसिङ डाँडा, गुफा, काफलपानी भञ्ज्याङ, लाङटाङ हिमाल लगायत अवलोकन गर्न सकिने महोत्सवका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा साहसिक खेल जिपलाइन, कृषि मेला, भजन बालन, पर्यटन क्षेत्रको घोषणा, चेमा नाच, लामा नाच, झाक्री नाच, याक एन्ड यति नाचको आकर्षण रहनेछ।

महोत्सवमा ५० स्टल रहने र ३० हजारभन्दा बढी दर्शक सहभागी गराएर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। तार्केश्वरमा धार्मिक पर्यटन, साँस्कृतिक र कृषि पर्यटनको सम्भावनाको खोजी गराउन महोत्सवले सघाउ पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App