coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

अमेरिकाकाे सिलिकन भ्यालीमा वाइवाइ फ्याक्ट्री बसाउने चाैधरीकाे याेजना

विजय थापा

वाशिंगटन डिसी- नेपालका फाेर्ब्स अर्बपति बिनाेद चाैधरीले अमेरिकाबासी नेपालीसँग लगानीकाे सम्भावनाबारे छलफल गरेका छन्। एनआरएन मेरिल्याण्ड शाखाले चौधरी लगायत बिभिन्न क्षेत्रका बिशिस्ठ व्यक्तित्वसँग 'एनआरएनबाट नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा' बिषयक अन्तरक्रिया गराएकाे हाे।

एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा चौधरी लगायत अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्की, पूर्वमन्त्री एवं भारतका लागि पूर्व नेपाली राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय, एनआरएनए अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त, सचिब अर्जुन कुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिको सहभागिता थियो।

सफलताकाे कथा प्रस्तुत गर्दै उनले टेक्सासमा पासांग लामाले गरेकाे संघर्षकाे कथा सुनाएका थिए। एउटा ईन्धन चौकी बाट सुरु गरेकाे उनकाे व्यापार अहिले ३ दर्जन भन्दा ज्यादा ईन्धन चौकी रहेकाे चाैधरीले सुनाए। मिहिनेत गरे अमेरिकामा नेपालीले चमात्कार गर्न सक्ने उनकाे भनाइ थियाे। सिलिकन भ्यालीमा वाइवाइकाे कारखाना खाेल्ने याेजना रहेकाे उनले सुनाए।

कार्यक्रममा उपाध्यक्ष बिनोद उप्रेतीले स्वागतम मन्तब्य गरेका थिए भने अर्जुन हमालले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा डिसी महानगर क्षेत्रका नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: ११ भाद्र २०७३ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App