८ वैशाख २०८१ शनिबार
कला

हलमा हडताल गर्ने निर्माताको चेतावनी

काठमाडौं – सेयर बाँडफाँडको मुद्दालाई लिएर निर्माता संघले आन्दोलन गर्ने भएको छ। सेयर बाँडफाँडमा हलले आफूमाथि अन्याय गरिरहेको भन्दै निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको हो।

२०६० सालमा निर्माता संघ र चलचित्र संघबीच काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शनपश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा,व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता तथा वितरकले ५५देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मका दरले सेयर लिने सहमति भएको थियो। निर्माता संघले अहिले काठमाडौं उपत्यकाको ठाउँमा नेपालभर भन्ने शब्द राखी सो सम्झौता अक्षरशः पालन हुनुपर्ने माग गरेको छ। यसका अलावा बदलिँदो परिस्थितिमा फिल्म हलमा ट्रेलर, पोस्टर, स्थानीय पब्लिसिटी खर्चहरु दुवै पक्ष बसी निर्णय गर्न तयार रहेको पनि जनाएको छ। हाल चलचित्र हलले ट्रेलर,बजाएको तथा फिल्मको पोस्टर हल परिसरमा राखेकोमा पनि महंगो मूल्य असुल्दै आएका छन्।

त्यसैगरी संघले सरकारले तोकेको समयसीमा भित्र बक्स अफिस कार्यान्वयन लागि पनि संघले राज्यलाई दबाब दिने निर्णय गरेको छ। निर्माता संघले माथि उल्लेखित माग वार्ताबाटै समाधान गर्न आफूहरु तयार रहेको तर संघले अटेरी गरेमा २ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी फिल्मलाई प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। यसका बावजुद पनि चलचित्र संघ सहमतिमा नआएमा निर्माता संघले आन्दोलनका थप कार्यक्रम तय गर्ने जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App