८ वैशाख २०८१ शनिबार
समाज

चिनीमा युरिया मिसावटबारे प्रारम्भिक अनुसन्धान पुरा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मल मिसावट भएको घट्नाको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। चिनीमा रासायनिक पदार्थ यूरिया मिसावट भएको पाईएको भन्दै ग्राहकले सूचना दिएपछि दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सको पशल तथा गोदामलाई शिलबन्दी गरेको प्रशासनले सो सम्बन्धीका प्रारम्भिक अनुसन्धान पूरा गरेको जनाएको छ। चिनीमा यूरिया मिसिएको पाइएको गुनासो आएपछि पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेलाई तारेखमा राखेर बयान लिँदै थप अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । युरिया मिसावट सम्बन्धी अनुसन्धानको फायल प्रहरीलाई पठाइने तथा प्रहरीले रायसहित सरकारी वकिल समक्ष पेश गरेपछि प्रशासन समक्ष दोषीका बिरुद्ध अभियोगपत्र दर्ता गर्ने अन्तिम तयारी गरिएको छ ।

एक ग्राहकले गत चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयका नासु लिलाबहादुर बिश्वकर्मा नेतृत्वको टोलीले सोही दिन राती ९ बजे उद्योग बाणिज्य संघका पदाधिकारीको रोहबरमा पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सको पसल तथा गोदामलाई शिलबन्दी गरेको छ । खाद्य पदार्थमा चिनी मिसिएको घट्नाका बिषयमा अनुसन्धान भइरहेकाले शिलबन्दी गरिएको पशल तथा गोदाम हालसम्म खुलाइएको छैन । खाद्य पदार्थमा अखाद्यबस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ ।

ग्राहकले चिनीमा मिसावट भेटिएको प्रशासनलाई जानकारी गराएपछि परिचालन गरिएको प्रहरीले पाण्डे भेराइटिजबाट ना ५ ख ७१३० नम्बरको ट्रकमा हालेर मिल्काउन पठाउन लागेको अवस्थामा साँढे तीन बोरा चिनी समेत बरामद गरेको छ । प्रहरी पुग्नु अगाडि शंकास्पदरुपमा मिल्काउन पठाउन लागिएको चिनी र ट्रक सामुदायीक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ । ट्रकमा फेला परेको चिनीको बोरामा गरिएको शिलबन्दी समेत खुलेको छैन । प्रहरीले ट्रक चाकलाई समेत तारेखमा बयान लिने काम भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित: १० वैशाख २०७५ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App